‘चलेछ बतास सुस्तरी’ को गीत रेकर्डिङ सकियो । चरिकोटबाट छायांकन शुरु



रंग खबर, काठमाण्डौं । निर्माणको क्रममा रहेको फिल्म ‘चलेछ बतास सुस्तरी’ को ले सम्पूर्ण गित रेकडिङ कार्य सम्पन्न भएको छ । शनिबार राजधानिको अनामनगरस्थित गुन्जन स्टुडियोमा फिल्मको सम्पूर्ण गित रेकर्ड कार्य सम्पन्न भएको जानकारी प्राप्त भएको हो ।

swaroop raj acharya

बिकास चौधरी र सन्तोस राजौरेको संगीत र प्रदिप भारद्वाजको शब्द रहेको गीतहरुको रेकडिङ सम्पन्न भएको हो । कथाकार तथा लेखक प्रदिप भारद्वाजले पहिलो पटक निर्माण गर्न लागेको यस फिल्मका गीतहरुमा नेपालका चर्चित गायक–गायिकाहरुको स्वर सुन्न पाइने छ । गीतहरुमा स्वोरुप राज आचार्य , प्रबिशा अधिकारि , आंकाक्षा बस्याल , डेभिड शंकर लगायेताकको स्वोर सुन्न सकिने छ ।

डेब्यु निर्देशक सब्बु सुबेदी र अनिला खड्काले सँयुक्त रुपमा निर्देशन गर्ने यो फिल्मको छायांकनको लागि दैलेखस्थित चरिकोट र विभिन्न  रमणीय स्थानहरु पुगेको बताइएको छ । फिल्मको पहिलो दिन टाईटल गीतको छायांकन गरिने बताइएको छ । जसलाई रामजी लामिछानेले कोरियोग्राफी गर्नेछन् । टाईटल गीतको शब्द लेखक भारद्वाजको नै हो । टाईटल गीतलाई स्वरुप र प्रविशाले गाएका छन् ।

सिनेमाटोग्राफर हरि लामाले खिच्ने यो फिल्ममा नायक प्रमोद भारद्वाज र नायिका शुष्मा कार्कीको मुख्य अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्