मिसन पैसा २ गीत : आफ्नै कोरियोग्राफीमा प्रियंका कार्कीको लोभलाग्दो हट नृत्य ! (भिडियो)



रंग खबर, काठमाण्डौं । नायिका प्रियंका कार्कीले आफ्नै कोरियोग्राफीमा नृत्य गरेको ‘मिसन पैसा २ रिलोडेड’ को गीत सार्वजनिक गरिएको छ । ‘चाँचरी’ बोलको डान्सिङ बीटमा प्रियंकालाई एक पार्टी डान्समा हट नृत्य गर्दै गरेको देख्न सकिन्छ । सो डान्स पार्टीमा नायिका निशा अधिकारी भने डिजेको रुपमा प्रस्तुत भएकी छिन् ।

priyanka karki

‘चाँचरी’ स्वर्गीय पाण्डव सुनुवारको स्वर तथा संगीत रहेको चर्चित गीत हो । यसलाई रिमिक्स गरेर फिल्ममा प्रयोग गरिएको छ । किरण तुलाधारले यसलाई रिमिक्स गरेका हुन् ।

‘फष्ट लभ’ र ‘लुट’ जस्ता सफल फिल्म निर्माण गरिसकेका निर्माता माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेको यो फिल्म फागुन १५ गतेबाट देशव्यापी प्रदशर्नमा आउँदैछ । फिल्ममा निशासंगै आमिर गौतम र नायिका हर्षिका श्रेष्ठ मुख्य भुमिकामा छन् । हरि हुमागाँईले छायांकन गरेको यो फिल्मलाई दिर्घ खड्काले सम्पादन गरेका हुन् । आगामी फागुन १५ मा रिलिज हुने यो फिल्मलाई सिमोश सुनुवारले निर्देशन गरेका हुन् ।

Watch Song Here :-

[its_video]http://youtu.be/SfGjnAhM7EY[/its_video]

 

प्रतिक्रिया दिनुहोस्