आठ वर्षिया निर्देशक सौगात विष्टको ‘लभ यू बाबा’ हङकङमा हाउसफूल ! (फोटोफिचर)



रंग खबर, काठमाण्डौं । विश्वकै कान्छो निर्देशकका रुपमा नाम लेखिने क्रममा रहेका सौगात विष्टले निर्देशन गरेको फिल्म ‘लभ यू बाबा’ पहिलोपटक देशबाहिर प्रदशर्न भएको छ ।  नेपालमा प्रदर्शन भैसकेको यो फिल्मको शो फेव्ररी ८ तारिखका दिन हङकङमा सम्पन्न भएको हो ।  ५ सय सीट क्षमता भएको  शो हाउसफूल भएको निर्देशकका पिता तथा नायक गजित विष्टले जानकारी दिएका छन् ।

love u baba 2
नेपाली महिला संघ हङकङको संयोजनमा सम्पन्न उक्त च्यारिटी शोमा ५ सय बढी नेपाली दर्शकको सहभागिता रहेको जानकारी प्राप्त भएको छ । पहिलो शोमा उल्लेख्य दर्शकको उपस्थिति भएपछि त्यहाँ थप शो समेत आयोजना गरिने तयारी भैरहेको गजितले बताए । अष्ट्रेलिया लगायत अन्य देशमा ‘लभ यू बाबा’ देखाउने  बारे प्रक्रिया चलिरहेको समेत उनले जानकारी दिए ।

फिल्म ‘लभ यू बाबा’ मा नायक गजित विष्ट र छोरी संगम विष्टको शिर्ष भूमिका रहेको छ । बाबु र छोरीबिचको आत्मियतालाई मुख्य कथा बनाइएको यो फिल्मले राम्रो समिक्षा पाएको थियो ।

सौगातको नाम गिनिज बुकमा ९९ प्रतिशत पक्का !

saugat bista
श्रोतका अनुसार नेपाली सौगात विष्टले विश्वकै कान्छो निर्देशकका रुपमा गिनिज बुकमा नाम लेख्ने प्रक्रिया ९९ प्रतिशत पक्का भइसकेको छ । लगभग नाम लेखिसकेको र अब सर्टिफिकेट मात्र आउन बाँकी रहेको बुझिएको छ । सर्टिफिकेट आएपछि भब्य कार्यक्रमका विच घोषणा गर्ने तयारी भइरहेको बताइएको छ । गिनिज बुकमा नाम लेखिएको घोषणा भए लगत्तै यो फिल्म पुर्न प्रदशर्न समेत हुने बुझिएको छ ।

हङकङ शो का केही तस्विरहरु :-
love u baba 3

love u baba 4

love u baba

प्रतिक्रिया दिनुहोस्