‘वन वे’ प्रिमियर शो : दिपक मनाङेले हेरे छोराको अभिनय (फोटोफिचर)



रंग खबर, काठमाण्डौं, माघ २८–

आउँदो शुक्रवार अर्थात फागुन १ देखि देशव्यापी प्रदशर्नमा आउने फिल्म ‘वन वे’ को आज राजधानीमा प्रिमियर गरिएको छ । सुनधारास्थित सिटिसी मलमा गरिएको प्रिमियरमा चलचित्रकर्मीदेखि रंग पत्रकार सहभागी थिए ।
one way final

‘डन’ का रुपमा चिनिएका दिपक मनाङे समेत फिल्म हेर्न आएका थिए । उनको आफ्नै लगानीमा बनेको ‘वन वे’ मा उनकै छोरा सिद्धार्थ गुरुङको मुख्य अभिनय रहेको छ । यही फिल्मबाट नेपाली रजतपटमा डेब्यु भएका आफ्नो छोराको अभिनय हेर्न उनी प्रिमियरमा आएका थिए । फिल्म हेरिसकेपछि उनले छोराको अभिनयको तारिफ समेत गर्न भ्याएका थिए ।

one way 5
सुरज सुब्बा नाल्बोले निर्देशन गरेको यो फिल्ममा सिद्धार्थको जोडीका रुपमा माला सुब्बाको समेत मुख्य अभिनय छ । माला पनि यही फिल्मबाट रजतपटमा डेब्यु भएकी हुन् । फिल्ममा करिश्मा मानन्धर, रविन तामाङ, विल्सन विक्रम राई, श्याम राई , प्रकाश ओझा लगायतको पनि मुख्य अभिनय छ । आरसी पिक्चर्सको ब्यानरमा राजकुमार राईले निर्माण गरेको यो फिल्मको प्रिमियरमा अधिकांश फिल्मका कलाकारहरु सहभागी थिए । लागु पदार्थ दुव्र्यसनी, डन गिरी र यसले निम्त्याउने परिणाममा यो फिल्मको कथा आधारित छ । यो फिल्मलाई डा.प्रदिप भट्टराइले लेखेका हुन् ।

one way

प्रिमियरमा केकी अधिकारी, दीपाश्री निरौला, निर्मल शर्मा, पूजना स्त्री, चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रिय, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी लगायतका चलचित्रकर्मीहरु सहभागी थियो । फिल्म हेरिसकेपछि अधिकाशंले राम्रो रहेको प्रतिक्रिया दिएका थिए ।

one way 6
one way 4
one way 2
mala limbu

one way capture

karishma

प्रतिक्रिया दिनुहोस्