पहिलोपटक आर्यनलाई सैनिक बनाइएको ‘पुनर्जन्म’ को ट्रेलर सार्वजनिक (भिडियो)



रंग खबर, काठमाण्डौं । आगामी फागुन २२ गतेबाट सार्वजनिक प्रदशर्नमा आउने फिल्म ‘पुनर्जन्म’ को ट्रेलर र एक गीत सार्वजनिक गरिएको छ ।

मंगलबार राजधानीमा ट्रेलर सार्वजनिक गर्दै फिल्मका निर्माता मोहनकृष्ण श्रेष्ठले द्वन्द्वकालमा सैनिकको परिवारमा घटेको घटनालाई यथार्थपरक रुपमा ‘पुनर्जन्म’ ले प्रस्तुत गरेको जानकारी दिए । अभिनेता आर्यन सिग्देलले पनि फिल्मले व्यावसायिकता भन्दा सत्यपरक विषयलाई उठान गरेको बताए । ‘यो फिल्मले नयाँ पुस्तालाई नेपालमा भएको द्वन्द्वले सैनिकको परिवारमा पारेको प्रभावलाई प्रस्तुत गर्नेछ’, उनले भने ।

Punarjanma (1)

अर्का अभिनेता गजित विष्टले सैनिकको जीवनमा द्वन्द्वले पारेको प्रभावसँगै फिल्मले कार्यक्षेत्रमा सैनिकको साथीभाईप्रतिको भावना र मायाप्रेमलाई समेटेको जनाए । अभिनेत्री केकी अधिकारीले सैनिक अधिकृतको जीवनमा आउने उतारचढाव र त्यसले उसको वैवाहिक जीवनमा पार्ने प्रभावलाई फिल्मले प्रस्तुत गरेको बताईन् ।

फिल्मका निर्देशक तथा सम्पादक सजन श्रेष्ठले शुरुमा सर्ट फिल्म बनाउन लागे पनि त्यसको कथालाई नयाँ तरिकाले प्रस्तुत गरेर फिल्म बनाएको खुलाए । निर्देशक श्रेष्ठले फिल्म सत्यघटनामा आधारित भए पनि कुनै व्यक्ति विशेषको घटनालाई भने प्रस्तुत नगरिएको जनाए ।

एमके इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा निर्माण भएको फिल्ममा मोहनकृष्णसँगै भद्रबहादुर शाहीको समेत लगानी रहेको छ । फिल्ममा सुस्मिता शाही, विजय लामा, मिथिला शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, देशभक्त खनाल र रुष्मा श्रेष्ठलगायतको अभिनय रहेको छ । सुदर्शन श्रेष्ठको कथा र पटकथा रहेको फिल्ममा बसन्त सापकोटा र जयन्त शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व र शिव ढकाल तथा नवराज कृष्ण थापाको छायांकन रहेको छ ।

Watch Trailer Here :-

[its_video]http://youtu.be/0tzdQBghHi0[/its_video]

 

प्रतिक्रिया दिनुहोस्