लाहुरेले पठाएको पार्सल बाटैमा साटासाट भएपछि बन्यो ‘पार्सल’ (फोटोफिचर)



रंग खबर, काठमाण्डौं । लाहुरेले आफ्नी मायालुलाई बिदेशबाट पठाएको पार्सल बिच बाटोमा साटासाट हुदा हुने उतार चढावलाई कथा बनाएर नेपाली फिल्म ‘पार्सल’ बन्ने भएको छ । भद्रकाली मन्दिरमा पुजा गरेपछि निर्माण युनिटले आज फिल्मको बागबजारस्थित सिटि म्याक्स हलमा शुभमुहुर्त गरेको छ ।
Nepali film parcel 2
फिल्मको मुहुर्तमा पत्रकार एवं चलचित्रकर्मी सहभागी थए । निर्माता संघका अध्यक्ष राजकुमार राइले नरिवल फोडेर र र कलाकार संघका अध्यक्ष नवल खड्काले एक्सन कट गरेर फिल्मको मुहुर्त गरिएको थियो । मुहुर्त सट भने चलचित्रका नायक प्रभु श्रेष्ठ र नायिका सिर्जना लिम्वुले दिएका थिए । फिल्म ‘पार्सल’ लाई रबिन श्रेष्ठले निर्देशन गर्ने भएका छन् । किशोर सम्बाहाम्फेको प्रस्तुति एव दक्षकुमार राइको निर्माण रहेको चलचित्रमा आयूष रिजाल , निता ढुंगाना बिक्रम सिं , प्रेम सुव्वा , मनोज शाक्य , हेम राइ लगायतका कलाकारको अभिनय रहने छ ।

Nepali Film Parcel Press Meet

कार्यक्रममा बोल्दै निर्देशक श्रेष्ठले ३५ दिनमा फिल्मको छायांकन सकिने जानकारी गराए । फिल्मको काठमाण्डौ , धरान , कोशि व्यारेज , इलामहुँदै ताप्लेजुङको ३८०० मिटर उचाइ माथि रहेको पाथिभरा मन्दिरसम्म छायांकन गरिने बताइएको छ । यो फिल्मको गीतमा बिकाश चौधरीको संगित रहेको छ भने गित दयाराम पाण्डेले लेखेका हुन् ।

Nepali film 'Parcel'
फिल्मलाई यूवराज राईले छायांकन गर्नेछन भने सानु कुमार महर्जनको द्धन्द निर्देशन रहेको छ । रोशनि चलचित्र प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्मको कथा पटकथा तथा संवाद नायक प्रभु श्रेष्ठले लेखेका हुन् ।

Srijana Limbu

प्रतिक्रिया दिनुहोस्