बेडसिनलाई काटेर ‘झिग्राना’ ले पायो ‘एडल्ट सर्टिफिकेट’ (नयाँ ट्रेलरसहित)



रंग खबर, काठमाण्डौं । आगामी फागुन २२ देखि सार्वजनिक प्रदशर्नमा आउने फिल्म ‘झिग्राना’ को एक बेडसिनलाई काटेर चलचित्र सेन्सर बोर्डले ‘एडल्ट सर्टिफिकेट’ दिएको छ । कलाकारद्धय निकुन श्रेष्ठ र मेनुका प्रधानको बेडसिनलाई सेन्सर बोर्डले पास नगरेको हो ।

jhigrana

तर, यो बेडसिनलाई कलात्मक ढंगले खिचिएको यो फिल्मको निर्माण पक्षको दाबी छ । एडल्ट सर्टिफिकेट पाएपछि अब यो फिल्मलाई १६ वर्षमुनिका दर्शकले हेर्न पाउने छैनन् । पासाङ लामा निर्देशित फिल्म ‘झिग्राना’ ले अनुसन्धानको लागि गाउँ हिंडेको गैर सरकारी संस्थाका कर्मचारी र यात्रामा आइपर्ने कठिनाई बारे देखाएको छ ।

गोल्डेन याक इन्टरटेनमेन्टको प्रस्तुती रहेको यो फिल्ममा शान्ती गिरी, हाना जी, ज्योती कार्की, अरुण रेग्मी, दिवाकर पिया, बिना पाण्डे लगायतका कलाकारको अभिनय छ ।

Watch Second Trailer Of Jhigrana :-

[its_video]http://youtu.be/ySLFodijHxM[/its_video]

प्रतिक्रिया दिनुहोस्