सडककै जीवनमा संसार देख्ने बालबालिकाको ‘चकलेट’ गीत सार्वजनिक (फोटोफिचर)



रंग खबर, काठमाण्डौं । सडक बालबालिकाको कथा बोकेको फिल्म ‘चकलेट’ को सोमबार राजधानीमा एक कार्यक्रमका बिच फष्टलुक, ट्रेलर र चार गीत देखाइएको छ । हिरोइन पुजना स्त्रीको लगानी रहेको यो फिल्म कलाकार निर्मल शर्मा ‘गैँडा’ को पहिलो निर्देशर्किय फिल्म हो ।
OLYMPUS DIGITAL CAMERA

कार्यक्रममा फिल्मकी निर्मात्री तथा अभिनेत्री पुजना स्त्रीले फिल्मले सडकमै आफ्नो सारा जीवन सुख–दुःखमा बाड्दै सडककै जीवनमा संसार देख्ने र सुख–दुःख मनाउन चाहनेको कथालाई उजागर गरेको बताईन् । यस्तै, निर्देशक शर्माले फिल्मले सम्पन्न र विपन्न वर्गबीचको अन्तरद्वन्दलाई प्रस्तुत गरेको जनाए । कार्यक्रममा निर्मल शर्माका नजिकका मित्र दिपकराज गिरी र दिपाश्री निरौला समेत सहभागी थिए ।

OLYMPUS DIGITAL CAMERA

फिल्ममा पुजनासँगै डा.आयुस्मान घिमिरे, नम्रता झा, अनुज शाक्य, सुमन गैरे, केशव भट्टराई, कमल मैनाली, सुनिता ठाकुर, निरुपा गर्तौला, दीपकराज पाठक, केशवराज पौडेल र कुमार श्रेष्ठसँगै ९ बच्चाहरुले अभिनय पनि अभिनय गरेका छन् । पुजनाकै कथा, पटकथा र संवाद रहेको फिल्ममा प्रसन्न पौडेल, बब्बु थापाको नृत्य, शिखर सन्तोष, अर्जुन पोखरेल र रायन कार्कीको संगीत, कुमार महर्जनको द्वन्द्व र सुदीप बरालको छायांकन रहेको छ । फिल्मको रिलिज मिति भने तोकिएको छैन ।

OLYMPUS DIGITAL CAMERA
‘चकलेट’ को रमाईलो गीत हेर्नुहोस् :-

[its_video]http://youtu.be/IGbs4jWddas[/its_video]

OLYMPUS DIGITAL CAMERA

 

प्रतिक्रिया दिनुहोस्