आफ्नै पतिलाई हिरो र निर्देशक बनाएर ऋचा सिंह ठकुरी फिल्म निर्माणमा



रंग खबर, काठमाण्डौं । पछिल्लो समय नेपाली फिल्मका नायिकाहरुले फिल्म निर्माणमा हात हाल्ने क्रम बढिरहेको छ । यही क्रममा नायिका ऋचासिंह ठकुरी पनि नाम थपिएको छ ।
richa singh

आफ्नै पति गजेन्द्र थापालाई निर्देशक लिएर ऋचा यतिबेला फिल्म ‘सुपर गोर्खे’ को छायाँकनमा व्यस्त छिन् । ऋचाले गजेन्द्रसँग यसै वर्ष बिहे गरेकी हुन् । फिल्म ‘सुपर गोर्खे’ को सम्पूर्ण छायाँकन हेटौंडा र विराटनगरमा गरिएको छ । फिल्ममा ऋचासँगै उनका पति तथा निर्देशक गजेन्द्र थापाको पनि मुख्य भूमिका रहेको छ । गजेन्द्र पहिलो पटक नेपाली फिल्ममा नायक र निर्देशक भएर प्रस्तुत हुँदैछन् । गजेन्द्रसँगै फिल्म ‘सुपर गोर्खे’ मा नायक जिवन लुईंटेलका भाई निराजन लुईंटेल र अन्य नव कलाकारको अभिनय रहेको छ । फिल्मलाई सौरभ लामाले खिच्दैछन् ।

नायिका ऋचासिंह ठकुरीले झण्डै एक दर्जन नेपाली फिल्ममा अभिनय गरेकी छन् । ऋचा विशेषतः निर्माता, निर्देशक एवं लेखक विकास आचार्यको ब्यानरका फिल्म ‘नाईं नभन्नू ल’ र ‘म तिम्रो भैसकें’ फिल्महरुबाट ‘नोटिस’ भएकी हुन् । बिहे पश्चात् ऋचा आफै लगानी गरेर पहिलो पटक पर्दामा देखिदैछन् ।

प्रतिक्रिया दिनुहोस्