‘रेशम फिलिली’ को ३० सेकेण्ड अफिसियल टिजर ट्रेलर सार्वजनिक (भिडियो)



रंग खबर, काठमाण्डौं । आगामी वैशाख ११ गतेबाट प्रदशर्नको तयारीमा रहेको फिल्म ‘रेशम फिलिली’ को ३० सेकेण्डको अफिसियल टिजर ट्रेलर सार्वजनिक गरिएको छ ।
resham fililiकालीप्रसाद बासकोटा र सोमिया बराइलीको स्वर रहेको ‘जालमा’ बोलको अडियो गीत सार्वजनिक भएसंगै यो फिल्मको प्रतिक्षा बढेको छ । भिडियो समेत सार्वजनिक नभएको यो फिल्मको उक्त गीतलाई मात्र ८ लाख बढीले युट्यूबमा हेरिसकेका छन् । कालीप्रसाद आफैले संगीत भरेको उक्त गीतलाई उनी र मानस राजले सँयुक्त रुपमा लेखेका हुन् ।

प्रनव जोशीको लेखन र निर्देशनमा तयार भएको यो फिल्ममा विनय श्रेष्ठ, कर्मा, कामेश्वर चौराशिया र मेनुका प्रधानको मुख्य भुमिका रहेको छ । फिल्मलाई माधव वाग्लेले निर्माण गरेका हुन् ।

फिल्मको ३० मिनेट को टिजर ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस् :-

[its_video]http://youtu.be/UJ6Sh7HF_IM[/its_video]

सर्वाधिक रुचाइएको यो फिल्मको गीत हेर्न यहाँ क्लिक गर्नुहोस् :-

[its_video]http://youtu.be/2lwAATHvUmE[/its_video]

 

प्रतिक्रिया दिनुहोस्