ग्याङस्टर फिल्मका सौखिन निर्देशकको ‘षडङ्ग’ । सौगातले भने– ‘म बोल्दिन, फिल्म आफै बोल्छ’



रंग खबर, काठमाण्डौं । आगामी चैत १३ गतेदेखि प्रदशर्नको तयारीमा रहेको फिल्म ‘षडङ्ग’ को राजधानीमा पहिलोपटक बुधवार ट्रेलर, गीत र पोष्टर सार्वजनिक गरियो । फिल्मको पहिलोपटक औपचारिक कार्यक्रम राखिएको थियो जहाँ निर्देशक देखि कलाकारसम्मले फिल्मबारे आ–आफ्नो धारणा राखे ।
sadanga 3

फिल्मको विषयमा बोल्दै निर्देशक सुरज सुनुवारले ‘षडङ्ग’ ले ग्याङस्टरको कथालाई अरु फिल्मभन्दा भिन्न र कलात्मक रुपमा पस्किने प्रयास गरेको बताए । उनले भने– ‘म सानैदेखि ग्याङस्टर फिल्म हेर्न रुचाउँथे । त्यसैले फिल्म पनि ग्याङस्टरकै कथामा बनाएको हुँ । ’ कथा भन्ने शैली र प्रस्तुतिमा फिल्म अलग रहेको उनको कथन थियो ।

यस्तै फिल्मका अभिनेता अनुप बरालले फिल्मले षड्यन्त्र गरेर दर्शकलाई नतान्ने दाबी गरे । ‘अहिले कथित दुई धारका फिल्म बनाउने ट्रेन्ड सुरु भएको छ । केहीले बीचको बाटो फिल्म बनाउन थालेका छन् । षड्ङग यही बीचको फिल्म हो जसले षड्यन्त्र गरेर दर्शकलाई चाहिँ तान्दैन’ उनले भने ।
sadanga 2
त्यस्तै अभिनेता सौगात मल्ले फिल्मका विषयमा आफुले केही नबोल्ने बताए । उनले भने– ‘फिल्म आफैले बोल्नेछ, अहिले म केही बोल्दिन’ ।

अभिनेत्री प्रियंका कार्कीले आफु सधै फरक भुमिकामा देखिन रुचाउने हुँदा यो फिल्म आफ्नो लागि चुनौति रहेको बताइन् । ‘यो फिल्म हेर्दा ‘ग्याङस्टर’ जस्तो देखिएपनि यसमा सबै कुराको प्याकेज छ’ उनले भनिन् ।
sadanga

यता फिल्मको एक गीतमा नृत्य गरेकी अभिनेत्री हर्षिका श्रेष्ठले आफूलाई ग्ल्यामर भूमिकामा देखाइनु खुशिको कुरो भएको बताइन् । यो फिल्मलाई निर्देशक सुनुवारले नै लेखेका हुन् । समिर सुनुवारले निर्माण गरेको सिनेमामा सौरमराज तुलाधर, ए गुरुङ र नवीन मानन्धरको पनि अभिनय छ ।

नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, सुजेन्द्र डी कार्कीको संगीत, अष्ट महर्जनको द्धन्द्ध, गोविन्द राइको नृत्य निर्देशन रहेको यो फिल्मलाई पपर्कन पिक्चर्सले वितरण गर्दैछ ।

Watch Trailer Here :-

[its_video]http://youtu.be/l4jMCsEFblM[/its_video]

 

प्रतिक्रिया दिनुहोस्