भ्रष्ट मन्त्री बन्दै नायक शिव श्रेष्ठ । पहिलो पटक नकारात्मक भुमिकामा



रंग खबर, काठमाण्डौं । नेपाली सिने नगरीमा जोडदार एक्सन गर्ने मुक्केबाज नायक भनेर चिनिने शिव श्रेष्ठ पहिलो पटक फिल्ममा नकारात्मक भुमिकामा देखा पर्न लागेका छन् । फिल्मको नाम ‘एक्सन ‘राखिएको छ । फिल्ममा मुक्केवाज अभिनेता शिव श्रेष्ठालाई भ्रष्ट मन्त्रीको भूमिकामा देख्न पाईने भएको छ । फिल्मको निर्देशन राजु अर्यालले गरिरहेका छन् ।

Shiva Shresthaचिरायु फिल्मस्को ब्यानरमा दीपेन्द्र कोइराला र शर्मिला गुरुङले निर्मिण गरिरहेको सिनेमा ‘एक्सन’ मा अभिनेता श्रेष्ठ लामो समयपछि एक्सन कट्मा फर्किएका हुन् । चलचित्र विकास वोर्डको आगामी अध्यक्ष पदका लागि पनि शिव श्रेष्ठले दौडधुप गरिरहेको भन्ने बुझ्नमा आएको छ ।

फिल्म ‘एक्सन’ मा नायक शिव श्रेष्ठका अलावा दीपेन्द्र कोइराला, प्रमोद दीप, जेनिशा केसी, राहुल जेट्ली, रक्षा गुरागाईं, राज थपलिया लगायत कलाकारहरुको अभिनय हेर्न पाईनेछ । सिनेमालाई रवीन्द्र बरालले खिच्दैछन् ।

प्रतिक्रिया दिनुहोस्