अब नेपाली सिनेमा पनि टुके प्रविधिबाट प्रर्दशन गरिने



रंग खबर, काठमाण्डौं । डिजिटल सिनेमा नेपाल (डिसीएन)ले सिनेमा प्रर्दशन गर्ने नयाँ प्रविधि भित्र्याएको छ । डिसिएनले अब नेपाली चलचित्रलाई पनि टुके प्रविधिमा प्रर्दशन गर्ने भएको हो । राजधानीमा विहिबार पत्रकार सम्मेलनको आयोजना गरि डिसिएन ले नयाँ प्रविधिको बारेमा जानकारी गराएको हो ।

Ashok Sharma 1
चलचित्रलाई टुके र फोर के मा खिचिएपनि हलको कारणले गर्दा अपेक्षाकृत क्वालिटीमा नेपाली चलचित्र हेर्न नपाईरहेका दर्शकलाई अब भने राहत मिल्ने भएको छ । डिसीएनका अध्यक्ष अशोक शर्माका अनुसार अब विदेशी चलचित्र झै नेपाली चलचित्रको पनि प्रोजेक्सन क्वालिटी उच्च हुनेछ । यसका लागि तत्कालै २० वटा हलहरुमा टुके प्रविधि जोडिएको छ ।

Ashok Sharma

क्यु एफ एक्स च्यानलका ६ वटा पर्दासहित बिग मुभिजको ३, एफ क्युबको ३, गोपीकृष्णको १, सिने दि सेफको २, हेटौडा नारायणी मलको २ र इटहरी सिनेमाको १ पर्दा गरी २० पर्दामा टुके सिष्टम जोडिएको छ ।डिसीएनका अध्यक्ष शर्माका अनुसार अब भने विदेशी सिनेमा झै नेपाली चलचित्रलाई पनि टुके प्रविधिमै इन्कोडिङ गर्न सकिनेछ । सुन्तली चलचित्रलाइृ परिक्षण गरेपछि आफुहरु सफल भएको उनले जानकारी गराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्