राजेश पायलको स्वरबाट शुरु भयो ‘नाई नभन्नु ल ४’ को गीत



रंग खबर, काठमाण्डौं । ‘नाई नभन्नु ल ३’ रिलिज नहुँदै ‘नाई नभन्नु ल ४’ को गीत रेकर्डिङ शुरु भएको छ । शिर्ष गीतबाट रेकर्डिङ शुरु भएको हो ।

rajesh payal rai
‘आँसु झर्न दिन्न कहिले तिम्रो आखाँबाट’ बोलको उक्त गीतमा चर्चित गायक राजेशपायल राई को स्वर रहेको छ । गीतमा बसन्त सापकोटाको शब्द र संगीत रहेको छ । । म्युजिसियन स्टुडियोमा गरिएको गीतको रेकर्डिस्ट साजन शाह हुन् । गीतको संगीत संयोजन महाराज थापाले गरेका छन् ।

‘नाई नभन्नु ल’ को तीनवटै सिरिज भन्दा ‘नाई नभन्नु ल ४’ को गीत अझै राम्रो बनेको गायक राजेशपायलले जानकारी दिएका छन् । ‘तर निष्कर्ष त दर्शककै हातमा हुन्छ’, उनले थपे । चैत २७ मा ‘नाई नभन्नु ल ३’ रिलिजको तयारीमा रहेको बेला चौथो सिरिजको तयारी शुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्