‘गोरे’ बनेर गाउँबाट शहरतिर प्रेमिकाको खोजीमा दिलिप रायमाझी !



रंग खबर, काठमाण्डौं । नायक दिलिप रायमाझी अब ‘गोरे’ बनेर तपाई दर्शक माझ आउने भएका छन् । कुनै बेलामा सुपरहिट चकलेटी हिरो दिलिप चलचित्र ‘गोरे’मा मुख्य भुमिकामा देखा पर्नेछन् । यतिबेला चलचित्रको सम्पादन सकिएको छ ।

dilip final

रमेशकुमार राई निर्देशित चलचित्र ‘गोरे’मा नायक दिपिलसँगै अनु शाह, डा. गुनु घर्ती, ममता शर्मा, रविन्द्र आचार्य, माधव पण्डित, सञ्चिता सत्याल, सर्य जिसि, अभिषेक गिरी, राकेश कुमार लगायत कलाकारहरुले अभिनय गरेका छन् ।

चलचित्र ‘गारे’का गोरे अर्थात नायक दिलिप रायमाझी आफ्नी प्रेमिकाको खोजी गर्दै गाँउबाट जब शहरमा पुग्छन् तब उनले त्यहाँ के कस्ता संघर्षहरु गर्नु पर्छ भन्ने कुरा यस चलचित्रमा देखाउन खोजिएको छ । चलचित्र ‘गोरे’ जि.यस मुभि मेकर्षको ब्यानरमा बनेको हो ।

प्रतिक्रिया दिनुहोस्