अष्टनारायण र गुणमा ‘तथास्तु’ ले मनायो ५१ दिन



रंग खबर, काठमाण्डौं । काइट्स इन्टरटेनमेन्टको प्रस्तुतीमा निर्देशक सबिर श्रेष्ठले निर्माण गरेको फिल्म ‘तथास्तु’ ले राजधानीका दुई वटा हलमा प्रदर्शनको ५१ दिन पार गरेको छ । बालाजुको अष्टनारायण र ग्वार्कोको गुण हलमा फिल्म ‘तथास्तु’ ले प्रदर्शको ५१ दिन पार गरेको काठमाण्डू वितरक गोपाल कायस्थले बताए ।
Tathastu
वितरक कायस्थले फिल्म ‘तथास्तु’ बाट निर्माता एवं निर्देशक सबिर श्रेष्ठ घाटामा नजाने समेत बताए । उनले भने, ‘सबिरकोे लगानी सुरक्षित भएको छ । अष्टनारायण र गुण हलमा ‘तथास्तु’ ले प्रदर्शनको ५१ दिन मनाउन समेत सफल भएको छ ।’ अष्टनारायण हलका सञ्चालक त्रिरत्न मानन्धरले फिल्म ‘तथास्तु’ ले प्रदर्शनका ५१ दिन मनाएको थप पुष्टि गरे । प्रदर्शनमा आएका अन्य फिल्ममा दर्शक कम आएपछि ‘तथास्तु’ ले अष्टनारायण हलमा ५१ दिन मनाउन सफल सञ्चालक मानन्धरको भनाई छ ।

फिल्म ‘तथास्तु’ ले ५१ दिन मनाउन सफल भएपनि खुसीयालीका कुनै कार्यक्रम भने तय भैनसकेको निर्माता रामहरी धितालले बताए । पहिलो फिल्मबाटै सफलता हाँसिल भएपछि आफु पुनः नेपाली फिल्म निर्माणमा आउने निर्माता धितालले बताए । सबिर श्रेष्ठको प्रस्तुतीमा रामहरी धितालको निर्माण र राजेन्द्र जोशीको सह निर्माण रहेको फिल्म ‘तथास्तु’ को लागत ५२ लाख छ ।

रेखा थापा स्टारर फिल्म ‘तथास्तु’ मा उनी सहित किशोर खतिवडा, सुवास थापा र विज्ञान जोशीको मुख्य भूमिका छ । बन्द हड्ताल र अन्य दुई फिल्म एकसाथ प्रदर्शनमा आउँदा ‘तथास्तु’ ले सोचे अनुरुप व्यापार भने गर्न असमर्थ रह्यो । विषम परिस्थितिमा पनि फिल्मको लगानी भने सुरक्षित भएको छ ।

प्रतिक्रिया दिनुहोस्