‘साईकल’ मा राजेश भन्दैछन्– ‘मेरो मुटु, यो हो काठमाण्डु’ (भिडियोसहित)



रंग खबर, काठमाण्डौं । शिव घिमिरेको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘साइकल’ को नयाँ गीत सार्वजनिक गरिएको छ । चर्चित गायक राजेशपायल राईको स्वर रहेको ‘यो हो काठमाण्डू’ बोलको गीतमा उनी स्वयम् फिचरिङमा देखिएका छन् ।
cycle news

गीतमा बसन्तपुर दरबार स्क्वायरलाई मुख्य लोकेशन बनाइएको छ जहाँ राजेशपायल चिच्याउँदै गीत गाइरहेको अवस्थामा प्रस्तुत भएका छन् । गीतमा नायिका हर्षिका श्रेष्ठ पनि छिटपुट देखिन्छिन् ।

राजेन्द्र श्रेष्ठको संगीत रहेको फिल्म ‘साइकल’ को सार्वजनिक गीतमा प्रकाश बज्रचार्यको शब्द छ भने कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । सम्पादन नविन निरौलाको छ । फिल्म ‘साइकल’ प्लस टु पढ्ने विद्यार्थीको आचरणमा आधारित छ । फिल्ममा हर्षिका र विक्की मल्लको मुख्य भूमिका रहेको छ ।

टप इन्टरटेनमेन्टको ब्यानरमा प्रस्तुत फिल्म ‘साइकल’ मा राजेन्द्र श्रेष्ठ, रत्न बहादुर श्रेष्ठ, श्रीमाया श्रेष्ठ, सृष्टि थापाको लगानी रहेको छ ।

सार्वजनिक गीतको भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुस्:- 

[its_video]http://youtu.be/mkRxglokmK8[/its_video]

प्रतिक्रिया दिनुहोस्