जापानकी सुन्दरी ‘बडी विल्डर’ । भन्छिन्– ‘एकदिन जिम गइन भने विचित्र अनुभव हुन्छ’



रंग खबर, काठमाण्डौं । धेरै मानिस सोच्ने गर्छन् कि भारी काम गर्दा महिलाको सुन्दरता कम हुन्छ । तर जापानकी एक महिलाले त्यसलाई गलत सावित गरिदिएकी छन् ।
body 3
जापानको ओशाका निवासी टोमोको कांडा सबैभन्दा ‘क्युटेस्ट बडी विल्डर’ का रुपमा परिचित छिन् । टोमोकोले निकै ‘मसल्स ग्रो’ गरेकी छन् । तर साथ-साथै आफ्नो सुन्दरतालाई पनि कायमै राखेकी छन् ।
पहिलोपटक उनले २३ वर्षको उमेरमा ‘बडी बिल्डिङ’ सुरु गरेकी हुन् । तर, चाँडै नै उनको तौल बढ्न थाल्यो ।
body 4आफ्नो एक साथीको सल्लाहमा टोमोकोले वजन घटाउने काम सुरु गरिन् । उनले सबैभन्दा पहिला सन् २००२ मा एउटा बडी बिल्डिङ प्रतियोगितामा भाग लिइन् । फेरि २००४ मा दोस्रोपटक पनि सहभागी भइन् । टोमोको भन्छिन्– ‘अहिले त कुनै दिन जिम गइनँ भने विचित्र अनुभव हुन्छ ।’  टोमोकोको उमेर अहिले ४८ वर्ष भइसक्यो । उनी आफ्नो शरीरको रुप-रंगका बारेमा भन्छिन्– “यसमा सबैभन्दा ठुलो हात ‘डाइट’को हो ।”

आफ्नो सुन्दरता कायमै राख्नका लागि उनी खानेकुरामा विशेष ख्याल राख्छिन् । दिनको सुरुवातमा दुध र लस्सीबाट गर्छिन् । डाइट र जिमपछि उनी ब्युटीमा पनि विशेष ख्याल राख्छिन् । उनी भन्छिन्– “मेरो कोशिस हरदम ‘मसल्स’ हासिल गर्नु र  ‘कर्भ्स’ लाई कायम राखेर शरीरलाई सुन्दर बनाउनुमा हुन्छ । ” (एजेन्सीको सहयोगमा)
body builder
body builder 2

प्रतिक्रिया दिनुहोस्