हाउ फन्नी : ऋषी धमला फिल्ममा पनि पत्रकारको भुमिकामा



रंग खबर, काठमाण्डौं । रिपोटर्स क्लबका अध्यक्ष तथा चर्चित पत्रकार ऋषी धमला अब फिल्ममा पनि पत्रकारकै भुमिकामा देखिदैछन् । घोषणासँगै चर्चामा रहेको निलु डोमा शेर्माको पहिलो निर्देशकिय फिल्म ‘हाउ फन्नी’ मा पत्रकार धमलाले केमियो रोल गरेको जानकारी प्राप्त भएको हो ।
A009_C036_0104MY

‘स्क्रिप्टमा ऋषिजीको जस्तै क्यारेक्टर थियो । एक पटक उहाँलाई नै खेल्न प्रस्ताव गरी हेरौं न भनेर फोन गरेका थियौँ’, निर्देशक निलुले भनिन्– ‘कहिले हो सुट, म आउँछु भनेर वहाँले जवाफ दिनुभयो, फिल्ममा वहाँ केमियोको रुपमा प्रस्तुत हुनुहुन्छ । ’ निलुका अनुसार फिल्ममा पनि धमलाले पत्रकार सम्मेलनकै प्रतिनिधित्व गरेका छन् ।

पत्रकार धमलाको उत्त दृश्यलाई दर्शकले भरपुर मनोरञ्जन लिने निर्देशक निलुको दाबी छ । यता धमलासँगै देखिएकी फिल्मकी नायिका प्रियंका कार्कीले पनि उक्त दृश्यलाई दर्शकले ‘इन्जोए’ गर्ने बताइन् । ‘सिन अनुसार हामी एउटा पत्रकार सम्मेलनमा हुन्छौ , झन् प्रश्नकर्ता ऋषि सर भएसी त्यो दृश्य हामीलाई रियल झैँ लाग्यो र आशा छ दर्शकले पनि मनोरञ्जन लिनु हुने छ’, प्रियंकाले काम गर्दाको अनुभव सुनाइन् ।

पुर्व मिस नेपाल माल्भिका सुब्बा समेत कार्यकारी निर्माता रहेको यो फिल्म आगामी वर्षको जेठ १५ गतेदेखि देशव्यापी प्रदशर्नमा आउने भएको छ । ‘हामिले आफ्नो वितरकहरुसंग सल्लाह गरेर खाली रहेको यो डेटमा प्रदर्शन गर्ने निर्णय गरेका हौँ’, निलुले बताइन ।
A009_C046_010406
‘हाउ फन्नी’ मा प्रियंकासंगै दयाहाङ राई , केकी अधिकारी , अनुप बिक्रम शाही , निशा अधिकारी , शिशिर राणा लगायतको अभिनय रहेको छ । फिल्ममा शान बस्न्यातको पटकथा तथा संवाद रहेको छ ।यसमा संगीत शैलेश सिंह , सुरेश अधिकारी र शैलेन्द्र श्रेष्ठको रहेको छ भने यसलाई हरि हुमागाईले खिचेका हुन् ।

यो फिल्ममा आङ नुरु शेर्पा (फेरिचे), छिरिङ लामु शेर्पा र निमा टासी शेर्पाको लगानी रहेको छ । यसलाई उपत्यकामा दर्शना आर्ट्स र मोफसलमा एफडी कम्पनिले वितरण गर्ने जिम्मा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्