शाहरुखको कार्यक्रममा यसकारण प्रियंकाको हिन्दी नृत्य ! (नृत्यको भिडियो सहित)



रंग खबर, काठमाण्डौं ।  सोमबार राती बलिउडका बादशाह शाहरुख खानका साथ न्यारोलेक पेन्ट्सले याक एण्ड यति होटलमा भब्य कार्यक्रम गर्यो । जहाँ नेपालकी व्यस्त नायिका प्रियंका कार्कीले शाहरुखका चर्चित हिन्दी फिल्मका गीतहरुमा नृत्य गरिन् । नेपाली नायिका भएर हिन्दी गीतमा नृत्य गरेको भन्दै सर्वत्र आलोचना सुनिन थालेपछि प्रियंकाले फेसबुकमात्र आफ्नो अभिव्यक्ति सार्वजनिक गरेकी छिन् ।

sanjeet shrestha

फेसबुकमा स्टाटस लेख्दै उनले नेपाली गीतमा नृत्य गर्ने आफ्नो ठूलो चाहना हुँदाहुँदै पनि शाहरुख नेपाल आएको बेला उनका अगाडी हिन्दीमा नृत्य गर्नु आफ्नो लागि बाध्यता रहेको बताएकी छिन् । उनले फेसबुकमा कार्यक्रमको सम्पूर्ण ‘लेआउट’ भारतबाटै आएका हुनाले आफुले नेपाली गीतमा नृत्य गर्न नसकेको पनि जनाएकी छिन् । ‘कुन गीतमा नृत्य प्रस्तुत गर्ने भन्ने बारेपनि इन्डियाबाटै लिष्ट आएको हो’, उनले लेखेकी छिन् ।

उनले आफ्नो शुभचिन्तकलाई फेसबुक मार्फत कार्यक्रमको आयोजक , कार्यक्रम संचालक देखि सम्पुर्ण चिज भारतीय भएकाले आफ्नो कुरा सुन्ने कोही नभएको प्रस्ट पारेकी छिन् । तर सँगै उनले बलिउडका नायक शाहरुख खानलाई आफ्नो प्रस्तुती देखाउन पाउनु यो सुनौले अबसर भएको पनि स्ट्याटसमा लेखेकी छिन्।

priyanka karki status
माथि तस्विरमा प्रियंकाले लेखेको स्टाटस

नेपालकी चर्चित नायिका प्रियंकाले साहरुख खानले अभिनय गरेको ‘ह्यापी न्यु इयर’को ‘लभ्ली’ , ‘डन टु’ को ‘आज कि रात’ , ‘चेन्नई एक्सप्रेस’को ‘लुंगी डान्स’ आदि गितमा नृत्य गरेकी थिईन । नृत्यको भिडियो प्रियंकाले आफ्नो अफिसियल पेजमा स्टाटससहित शेयर पनि गरेकी छिन् ।

sanjeet shrestha 2
sanjeet shrestha 3
प्रियंकाले गरेको नृत्य यस्तो छ :-

[its_video]http://youtu.be/grezGI44NM4[/its_video]

 

प्रतिक्रिया दिनुहोस्