षडङ्ग टिजर : ‘त पनि कालो म पनि कालो, हेर्छु साला कस्को पहिला मर्ने पालो ‘



रंग खबर, काठमाण्डौं । आगामी चैत १३ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘षडङ्ग’ को टिजर सार्वजनिक गरिएको छ । ३० सेकेन्ड लामो सार्वजनिक टिजरमा नायक सौगात मल्लको रमाईलो संवादलाई हेर्न पाईन्छ । बन्दुक तेर्स्याउदै उनी भन्छन्, ‘त पनि कालो म पनि कालो, हेर्छु साला कस्को पहिला मर्ने पालो ।’
saugat mala
‘षडङ्ग’मा सौगात मल्ल सँगै नायिका प्रियंका कार्की, अनुप बराल, ए गुरुङ, सौरमराज तुलाधर लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा नायिका हर्षिका श्रेष्ठको एक नृत्य रहेको छ । सुरज सुनुवार निर्देशित यो फिल्म ग्याङस्टारको कथामा आधारित रहेको बताईएको छ ।

फिल्ममा नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, सुरेन्द्र डी कार्कीको संगीत रहेको छ । फिल्ममा अष्ट महर्जनले फाईट सिकाएका हुन् भने गोविन्द राईले नाच्न सिकाएका हुन् ।

हेर्नुस् फिल्मको ट्रेलर :-

[its_video]http://youtu.be/Sk4jqZqCDcw[/its_video]

 

प्रतिक्रिया दिनुहोस्