प्रियंका कार्की र कान्छा निर्देशक सौगात विष्टलाई ‘वर्ष व्यक्ति ०७१’ सम्मान



रंग खबर, काठमाण्डौं । आफ्नो छैठौ वार्षिक उत्सवको अवसर पारेर फिल्मी खबर साप्ताहिक पत्रिकाले नेपाली फिल्मका क्षेत्रका दुई व्यक्तिलाई वर्ष व्यक्तिको रुपमा सम्मानित गरेको छ ।  ‘फिल्मी खवर ०७१ को वर्ष व्यक्ति’ मा पुरुषतर्फ विश्वकै कान्छा निर्देशक सौगात विष्ट र महिलातर्फ नायिका प्रियंका कार्की सम्मानित भएकी हुन् ।
priyanka karkiफिल्मी खवरका सम्पादक शान्तिप्रसाद उपाध्यायले वर्ष व्यक्तिमा सौगात  र प्रियंका छानिनुको कारण बारे बिहिबार आयोजित औपचारिक कार्यक्रममा भने, ‘सौगात विष्टले नेपाली फिल्मलाई विश्वमा चिनाउने काम गरे भने प्रियंका कार्की यो वर्ष सबैभन्दा व्यस्त नायिका बनिन् । सफल असफल जे भएपनि प्रियंकाका फिल्म सबैभन्दा बढी प्रदर्शनमा आएका छन् । उनी विभिन्न गसिपका कारण पनि यो वर्ष चर्चामा रहिन् ।’
saugatसबैभन्दा कम उमेरमा नेपाली फिल्म ‘लभ यू बाबा’ निर्देशन गरेर सौगात विष्टले गिनिज वुक अफ द् वल्र्ड रेकर्डसमा विश्वकै कान्छा निर्देशकको रुपमा नाम लेखाउन सफल भए भने नायिका प्रियंका कार्की वर्ष भरी नै फिल्म छायाँकन, प्रचार प्रसार र देश तथा विदेशका विभिन्न कार्यक्रममा व्यस्त रहिन् ।

फिल्मी खवरको छैटौं वर्षिक उत्सवमा वर्ष व्यक्तिलाई सम्मान गर्दै पत्रिकाले आफ्ना कर्मचारी, सहयोगी तथा विभिन्न व्यक्ति तथा संघ संस्थाका प्रतिनिधिलाई समेत सम्मान गर्यो । सम्पादक शान्तिप्रसाद उपाध्यायले सुरुमा पत्रिका प्रकाशनमा ल्याउँदा बजारमा ‘फिल्मी खवर’ बिक्छ भन्नेमा विश्वसा नलागेको खुलाए । उनले भने, ‘आगामी दिनम हामी अझै परिस्कृत हुने गरी अगाडी बढ्नेछौं ।’
gita adhikari

फिल्मी खवर साप्ताहिक पत्रिकाले यसअघि वर्ष नायक र वर्ष नायिका घोषणा गर्दै आएको थियो । तर, नायक र नायिकाको नाम दोहोरिंदा राम्रो नदेखिएकाले छैटौं वार्षिकोत्सवदेखि चाहिं वर्ष व्यक्ति घोषणा गरिएको सम्पादक शान्तिप्रसाद उपाध्यायले प्रष्ट्याए । दुई वर्षको फिल्मी खवर वर्ष नायक र नायिकामा आर्यन सिग्देल र रेखा थापा, जिवन लुईंटेल र निशा अधिकारी छानिएका थिए ।

filmy khabar
priyanka

प्रतिक्रिया दिनुहोस्