हर्षिकालाई हेरेर विकीले भने– ‘म क्षितिज भए तिमी बादल’ (भिडियो)



रंग खबर, काठमाण्डौं । आगामी चैत्र २० गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘साइकल’ को नयाँ गीत सार्वजनिक गरिएको छ । शंकर अधिकारी ‘घायल’ को शब्दमा राजेन्द्र श्रेष्ठले संगीत भरेको ‘म क्षितिज भए तिमी बादल’ बोलको गीत सार्वजनिक भएको हो ।
harshika

गीतमा फिल्मका मुख्य कलाकार हर्षिका श्रेष्ठ र विक्की मल्ल फिचरिङ भएका छन् । सुन्दा मिठो र सुमधुर लाग्ने यो गीतलाई शम्भु रैकाले गाएका हुन् । गीतको भिडियोमा हर्षिका र विक्कीको गजबको ‘लभ क्यामेष्ट्र’ देख्न सकिन्छ । गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

शिव घिमिरेले निर्देशन गरेको यो फिल्ममा दिनेश डि.सी, रामचन्द्र अधिकारी, विजय देउवा, रश्मी भट्ट लगायतका कलाकारहरुको समेत अभिनय रहेको छ । यो फिल्ममा रत्न बहादुर श्रेष्ठ, श्रीमाया श्रेष्ठ, श्रृष्टी थापा र धनुका राईको सँयुक्त लगानी रहेको छ ।

हेर्नुस् भर्खरै सार्वजनिक गीत :-

प्रतिक्रिया दिनुहोस्