बाल लयमा गाइएको ‘हवल्दार सुन्तली’ को ‘ढिकिच्याऊँ’ सार्वजनिक (भिडियो)



रंग खबर, काठमाण्डौं । आगामी चैत्र २७ बाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘हवल्दार सुन्तली’ को नयाँ गीत ‘ढिकिच्याऊँ’ सार्वजनिक गरिएको छ । बाल लयमा तयार पारिएको यो गीतमा दीपक शर्माको संगीत छ ।
shilpa pokharelगीतलाई साहिमा श्रेष्ठले गाएकी छिन् । गीतमा अभिनेत्री शिल्पा पोखरेल र बालबालिकामाझ रुचाइएका सुलेमान शंकर ‘इकु’ फिचरिङ भएका छन् ।

ऋषि लामिछाने निर्देशित यो फिल्मलाई छविराज ओझाले निर्माण गरेका हुन् । फिल्ममा शिल्पासंगै किशोर खतिवडा, सविन श्रेष्ठको पनि मुख्य भूमिका रहेको छ । योसंगै विकास आचार्यको फिल्म ‘नाई नभन्नु ल ३’ पनि प्रतिष्पर्धामा आउँदैछ । यि दुवै फिल्म यो वर्षकै आशलाग्दो र प्रतिक्षित फिल्म हुन् ।

हेर्नुस् नयाँ गीत :-

प्रतिक्रिया दिनुहोस्