‘आवेग’ को सफलताका लागि निर्देशक र नायिका पुगे पाथिभरा



रंग खबर, काठमाण्डौं । पुर्वी नेपालमा रहेको पाथिभरा मन्दिर हिन्दु धर्मालम्वीको लागि आस्थाको धरोहर मानिन्छ । सफलताको कामना गर्दै फिल्मकर्मी समेत पाथिभरा मन्दिरमा पुग्ने गर्दछन् । यही परम्परालाई फिल्म  ‘आवेग’ युनिटले पनि पछ्याएको छ ।
basanta dai nd pabi mym pathibhara

‘आवेग’ सँगै नयाँ फिल्मको कार्य शुभ होस् भनी पाथिभरा मन्दिरमा कामना गरेको निर्देशक बसन्त निरौलाले बताए । नायिका समेत रहेकी पत्नी पवित्रा आचार्यलाई लिएर निर्देशक बसन्त निरौला झण्डै ८ घण्टाको पैदल यात्राबाट पाथिभरा मन्दिरमा पुगेका थिए ।
basanta dai nd pabitra mymफिल्म ‘आवेग’ मा नायिका आचार्य सहित आर्यन सिग्देल, ध्रुव दत्त, अर्चना देलाला मुख्य भूमिकामा प्रस्तुत भएका छन् । एक्सन शैलीको यो फिल्मको जेठ महिनामा प्रदर्शन गर्ने तयारी चल्दैछ । ‘आवेग’ लाई फागुन ८ मा रिलिज गर्ने तयारी थियो, पछि रोकियो ।

पाथिभराले ‘आवेग’ को पुकार सुन्लान ? त्यो भने हेर्न बाँकी छ । 

प्रतिक्रिया दिनुहोस्