प्रचारप्रसार नपुगेको भन्दै सर्यो ‘साईकल’| वैशाख १८ मा आउने



रंग खबर, काठमाण्डौं । पर्याप्त प्रचारप्रसारको कमी र प्राविधिक समस्याको कारण देखाउँदै फिल्म ‘साइकल’ चैत २० गते प्रदर्शनमा नआउने भएको छ । यो फिल्मलाई आउँदो वर्षको बैशाख १८ गते प्रदर्शन गरिने प्राप्त भएको छ ।
Harshika and Vicky Mala

नायक निखिल उप्रेतको ‘भैरव’ फिल्म उक्त मितिबाट सरेर जेठ २२ मा पुगेपछि ‘साइकल’ निर्धारित प्रदर्शन मितिबाट पर सरेको हो ।   शिव घिमिरको निर्देशन एवं राजेन्द्र श्रेष्ठको निर्माण रहेको फिल्म ‘साइकल’ प्रेम कथामा आधारित छ । जहाँ नायिका हर्षिका श्रेष्ठ र नायक विक्की मल्लले अनस्क्रिन रोमान्स गरेका छन् । ‘साइकल’ पछि हटेपछि चैत २० गते प्रदर्शनरत फिल्म ‘भूल भुलैया’ लाई फाइदा पुगेको छ भने नयाँ फिल्म ‘तनाब’ लाई चिठ्ठा परेको छ ।

सुखद् सुरुवाती व्यापार गर्न सफल ‘भूल भुलैया’ ले दोश्रो सातामा पनि सोही संख्यामा हल संख्या पाउनेछ । योगेश घिमिरे निर्देशित यो फिल्ममा जिवन लुइटेल, निता ढुंगाना र शोहित मानन्धरको अभिनय रहेको छ । चैत २० सोलो रिलिजको चिठ्ठा परेको नयाँ फिल्म ‘तनाब’ को भने प्रचार प्रसार शून्य छ । फिल्मका निर्देशक र निर्माता सम्पर्क विहिन भएपछि नायक निर्मल सेञ्चुरी मिडिया गुहार्न बाध्य भएका छन् ।

‘साइकल’ को सुमधुर गीत सुन्न तलको लिङ्कमा क्लिक गर्नुस् :-

प्रतिक्रिया दिनुहोस्