फेरी डायलगकै साहारा |चर्चामा ‘होस्टेल रिटर्न्स’ को डायलग (भिडियो)



रंग खबर, काठमाण्डौं । दुर्गिश फिल्मस्को ब्यानरमा बनेको दुईवटै फिल्म ‘सायद’ र ‘होस्टेल’ सफल भए । ती सफल हुनुमा रिलिजअघि भाइरल बनेको केही संवादको योगदान महत्वपुर्ण थियो । ‘सायद’ को ‘१८४१…बाँकी सबै आफै हाँन्’, युवामाझ लोकप्रिय बन्यो भने ‘होस्टेल’ को ‘केटी भनेको क्युट हुनुपर्छ , हट त आलु पनि हुन्छ’ भन्ने डायलग युवापुस्ताको मुखमै झुण्डियो ।
Hostel Returnsअहिले यही ब्यानरमा बनेको फिल्म ‘होस्टेल  रिटर्न्स’ को ट्रेलर बाहिरिएको छ जसको सुरुवातमै रहेको एउटा डायलगको चर्चा बढेको छ । ‘तिम्रो त्यो दुईटा हेडलाईट (आँखा) मलाई साह्रै मनपर्छ’ बोलको संवाद जनजिब्रोमा सुनिन थालिएको हो ।

सुनिल रावलको निर्माणमा बनेको ‘होस्टेल रिटर्न्स’ को कथा इन्जिनियरिङ्ग पढ्न होस्टेल बस्ने विद्यार्थीमा आधारित छ । होस्टल रिटर्न्स’ नै दर्शकले किन रोज्ने ? भन्ने प्रश्नमा निर्माता रावल भन्छन्, “हामी राम्रो फिल्म बनाउने ब्रान्डको रुपमा बजारमा चिनिईसक्यौ हामीले दर्शकमाथी कदापी अन्याय गर्न मिल्दैन”, निर्माता रावलले भने “हाम्रो प्रोडक्टले दर्शकको मन छुन्छ, हामी राम्रो सिनेमा बनाउछौं, त्यही भएर होस्टल रिटर्न्स दर्शकले रोज्ने हो ।”

सुरज भुषालले निर्देशन गरेको यो फिल्ममा सबै नयाँ कलाकारहरु छन् । सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर हुसेन, स्वस्तिमा खड्का लगायतका कलाकारहरुको अभिनय फिल्ममा देख्न पाईनेछ ।

बैशाख २५ गतेबाट सार्वजनिक प्रर्दशनमा आउन लागेको फिल्म ‘होस्टेल रिटर्न्स’को तारिफ अहिले बढिरहेको छ । यसले फिल्मलाई झन प्रतिक्षित बनाईदिएको छ । दर्शकको प्रतिक्षालाई फिल्मले कत्तिको सन्तुष्ट पार्ने हो, हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्