सत्ति प्रथामा आधारित ‘झोला’ फेरी प्रदर्शन हुने (ट्रेलरसहित)



रंग खबर, काठमाण्डौं । ‘बलिदान’ पछि नेपालबाट विश्व प्रतिष्ठित अवार्ड ओस्कारका लागि छानिएको फिल्म ‘झोला’ फेरी पूर्न-प्रदर्शनमा आउने भएको छ ।
xolaसय वर्ष पहिले सामाजिक संस्कारको रुपमा रहेको सती प्रथाको विषयमा आधारित यो फिल्मलाई आउदो नयाँ बर्ष २०७२ साल बैसाख ११ गते देखि प्रर्दशनमा ल्याउने निर्माण पक्षले जनाएको हो । ‘पहिलो प्रदर्शनमा धेरै दर्शकले फिल्म हेर्न नपाएको गनासो आएकाले फिल्मलाई पूर्नप्रदर्शनमा ल्याउन लागेका हौँ ‘। निर्देशक यादव भट्टराईले भने ‘पछिल्लो समय बढ्दो महिला हिंसाको घटनाका विरुद्ध ‘झोला’ मा सशक्त आवाज रहेकाले पनि फिल्मलाई पुर्नप्रदर्शन गर्न आवश्यक ठानेका हौं ।’’

उता निमार्ता राज तिमिल्सिनाले पनि झोला सफल सिनेमा बनेपनि धेरै हलमा रिलिज नभएको जिकिर गरे । ‘झोला’ बाट गरिमा पन्त ‘सार्क फिल्म फेस्टिभल’ मा उत्कृष्ट नायिकाको अवार्ड हात पार्न सफल भएकी थिईन् । चलचित्रमा गरिमा पन्त सँगै देशभक्त खनाल, दिपक क्षेत्री, सुजल नेपाल, लक्ष्मी गिरी लगायत अन्य कलाकारको अभिनय छ ।
Watch Trailer Here :-

प्रतिक्रिया दिनुहोस्