‘रामप्यारी’ हिरो आभाष भन्छन्– ‘थोरै डर, धेरै उत्सुकता’



प्रकाश दाहाल, काठमाण्डौं । नातावाद र कृपावादको सधै बिरोध गर्ने नायिका रेखा थापाले बन्न लागेको फिल्म ‘रामप्यारी’ मा आफ्नो दिदीको छोरा आभाष अधिकारी लाई डेब्यू गराउँदै छिन् ।

सबिर श्रेष्ठले निर्देशन गर्ने उक्त फिल्ममा आभाषको ‘अपोजिट’ मा आष्मा डिसीलाई देखिने छ । आभाषलाई नै किन लिनुभयो भन्ने प्रश्नमा रेखा भन्छिन् –‘कला भएका ब्याक्ति आफन्त भित्र पनि हुन्छन् ,बाहिर पनि । भित्र भएका ब्यक्तिलाई अवसर नै नदिने हो भने एक किसिमले इन्डस्ट्रीलाई नै नोक्सान हुन्छ । मलाई लाग्छ ,आभाषले म पछि नेपाली फिल्म इन्ड्रसट्री को नेतृत्व गर्नेछ ।’
Aavash Adhikariबैशाख पहिलो साताबाट फ्लोरमा जाने ‘रामप्यारी’ का लागि तयारी गरिरहेका आभाष तीन महिना अघिदेखि रङ्गकर्मी सुनिल पोखरेलबाट अभिनयको ‘क्लास’ लिइरहेका छन् । २१ बर्षे उनि ब्याचलर अध्यनरत बिध्यार्थी हुन् । अभिनय र डान्सको क्लाससंगै क्यारेक्टर निर्माणको कामले उनलाई दिनभर ब्यस्त बनाईरहेको छ । ‘दिनभरको थकानले गर्दा निन्द्रा चै गजबको लाग्न थालेको छ’, उनी भन्छन् ।

रेखाको अन्य फिल्ममा आभाष ‘फिल्ड’ मै पुगेर सघाउने गर्थे । प्राविधिक कुराको ज्ञान उनले ‘अफ द स्क्रीन’ मा रहेर सिके अनि अभिनय रस सुनिलसँग सिकिरहेका छन् । आभाषका विषयमा रङ्गकर्मी सुनिल भन्छन– ‘मेहेनत गर्नै केटो छ ,काम प्रति साच्चै गम्भिर भयो भने र उसले चाहयो भने अभिनयमा राम्रो छाप बनाउन सक्छ ।’

नेपाली फिल्म उद्योगमा नयाँ अनुहारको कमी छैन् । आउँदा ठुलो भेल भएर आएका त्यस्ता अनुहारहरु खहरे खोला झै सुकेर पनि गएका छन् । कतिको त, न आको पत्तो छ, न गको नै । यस्तो बेला नेपाली रजतपटमा नायकको रुपमा इन्ट्री मार्न आटेका अभाषलाई करिअरको बोर्डरमा रहदा कस्तो महशुस भईरहेको छ त ? ‘म अभिनय क्लासमा आउनु भन्दा अगाडी यो फिल्डमा सिरीयस थिइन् । तर, यहाँ क्लास लिएपछि (सुनिल पोखरेल सँग ) कन्फीडेन्स बडेर आएको छ । ’ उनी भन्छन्– ‘ मलाई थाहा छैन फिल्म कस्तो बन्छ तर तयारी भने सक्दो राम्रोसंग गर्दैछु । अब चाँही अलि सिरियस भएको छु , यो क्षेत्रमै करिअर बनाउने सोच बनाइसकेको छु । ’ उनले यो बेलामा आफुलाई डर हुनु स्वभाविक रहेको बताए । ‘अलि अलि डर, चिन्ता र धेरै उत्सुकता बडिरहेको छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्