‘धुन’ गीत : नीता भन्छिन्– ‘तिमी डिस्कोमा मसंग नाचन्’ (भिडियो)



रंग खबर, काठमाण्डौं । आउँदो वैशाख १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘धुन’ को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘कृष्णको धुन’ बोलको डान्सिङ गीतमा फिल्मका प्रमुख  कलाकारहरु जीवन लुईंटेल, नीता ढुङ्गाना, मुकेश ढकाल, उमावेवी लगायत फिचरिङमा छन् ।
dhoon poster1ईन्दिरा जोशीको स्वर रहेको गीतमा शब्द तथा संगीत लक्की सिटौलाको छ । कविराज गहरतराजको कोरियोग्राफी रहेको गीत सुन्दा रोमान्टिक लाग्छ । कृष्ण पौडेलको पहिलो निर्देशकिय फिल्म ‘धुन’को सांगीतिक पक्ष उत्कृष्ट मानिएको छ । मालती शाहको प्रस्तुतीमा तयार भएको यो फिल्मले सांगितिक प्रेम कथा बोल्छ ।

निर्माण युनिटले गीत संगीतका कारण पनि दर्शक हलसम्म आउने विश्वास राखेको छ । यो फिल्ममा सुशिल शाह, श्रेया दुलाल, बिनोद भट्ट तथा मधुसुदन ढकालको लगानी छ ।
गीत हेर्नुस् :-

ट्रेलर पनि हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस्