नयाँ वर्षमा ‘होस्टेल रिटर्न्स्’ को उपहार : बाबु तँ बन्नु इन्जिनियर (भिडियो)



रंग खबर, काठमाण्डौं । यो वर्षको प्रतिक्षित फिल्म ‘होस्टेल रिटर्न्स्’ को नयाँ गीतको भिडियो रिलिज गरिएको छ ।  नयाँ  वर्षको उपहार स्वरुप ‘सार्वजनिक गरिएको ‘बाबु तँ बन्नु इञ्जिनियर’ बोलको गीतमा स्वप्निल शर्माको शब्द तथा संगीत रहेको छ ।
Hostel Returnsगीतको भिडियोमा ‘होस्टेल रिटर्न्स्’ का सम्पूर्ण कलाकार फिचरिङ छन् । सुरज भूषाल निर्देशित यो फिल्ममा सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, स्वस्तिमा खड्का, सुशिल सिटौला, अभय बराल, नाजिर हुसेन लगायत नव कलाकार र निर्माता रावल अनि नायिका दिया मास्केको मुख्य अभिनय रहेको छ । सफल फिल्म ‘होस्टेल’ को सिक्वेल ‘होस्टेल रिटर्न्स्’ इञ्जिनियर पढ्न होस्टेल बस्ने विद्यार्थीको कथामा आधारित छ ।

हरी हुँमागाईको छायाँकन रहेको ‘होस्टेल रिटर्न्स्’ मा अष्ट महर्जनको द्धन्द्ध निर्देशन छ ।  वर्ष २०७२ मा प्रदर्शन हुने फिल्महरु मध्ये ‘होस्टेल रिटर्न्स्’ पनि प्रतिक्षित फिल्मको लिस्टमा पर्छ । फिल्म यही वैशाख २५ गते देखि प्रदर्शनमा आउँदैछ ।
हेर्नुस गीत :-

प्रतिक्रिया दिनुहोस्