हेर्नुस् ‘चंख शंखे पंखे’ मा पुजाको लाली जोवन (भिडियो)



रंग खबर, काठमाण्डौं । ठूलो बजेटमा निर्माण गरिएको फिल्म ‘चंख शंखे पंखे’ को ‘क्लब सङ’ रिलिज गरिएको छ । आगामी जेठ १ गतेदेखि प्रदर्शन तयारीमा रहेको यो फिल्मको ‘तिम्रो लाली जोवन’ बोलको गीत रिलिज गरिएको हो ।
chankheयो वर्षको प्रतिक्षितमध्ये एक मानिएको यो फिल्ममा मध्यान्तर सम्म कमेडी र मध्यान्तर पश्चात राष्ट्रिययताको कथा उठान गरेको निर्माता सन्तोष सेनको दावी छ । सार्वजनिक गीतमा डा.कृष्णहरी बरालले शब्द कोरेका हुन भने संगीत तारा प्रकाश लिम्बुको हो । गीतमा सन्तोष लामा र मिलन अमात्यको हो भने कोरियोग्राफी गोविन्द राईको । गीतमा निर्देशक समेत रहेका फिल्मका मुख्य अभिनेता सुर्दशन थापा, सुवास थापा र नयाँ हिरो प्रेम पुरीले हिरोइन पूजा शर्माको वरी परि घुमेको देख्न सकिन्छ ।हेर्नुस् गीत :-

प्रतिक्रिया दिनुहोस्