९ नायिकाको हातबाट ‘अधकट्टी’ को अडियो सार्वजनिक



रंग खबर, काठमाण्डौं । सोमबार साँझ निर्माता प्रदिप कुमार उदयले नेपाली फिल्म क्षेत्रका ९ जना नायिकाहरुको हातबाट सँयुक्त रुपमा आफ्नो फिल्म ‘अधकट्टी’ को अडियो सार्वजनिक गराए । यसरी एलइडी पर्दामा आकर्षक स्टेज तयार पारी लाईभ प्रस्तुतीसहित अडियो लन्च गराइएको नेपाली फिल्ममै सम्भवतः पहिलोपटक थियो ।
music launchअडियो सार्वजनिक गर्नेहरुमा हिरोइनहरु करिश्मा मानन्धर, झरना थापा, दिपाश्री निरौला, हर्षिका श्रेष्ठ, नम्रता श्रेष्ठ, निता ढुंगाना, ऋचा शर्मा, प्रियंका कार्की र शिल्पा पोखरेल थिए । सोही कार्यक्रममा ‘अधकट्टी’ का कलाकारहरुले फिल्मको चारवटा गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

आउँदो जेठ ८ गते देखि सार्वजनिक प्रदर्शनमा आउने यो फिल्ममा पाँच गीत समावेश छन् जहाँ बसन्त सापकोटाले एक र राजन इशानले अन्यमा संगीत दिएका छन् ।

रंग पत्रकार सुब्रत आचार्यको पहिलो निर्देशकिय डार्क कमेडी फिल्म ‘अधकट्टी’ मा विल्सन विक्रम राई, गौरव पहारी, रिस्ता बस्नेत, अशिष्मा नकर्मी, प्रदीप बाँस्तोलाको मुख्य भूमिका रहेको छ भने नायिका नम्रता श्रेष्ठ र नायक गजित विष्टको अतिथि भूमिका रहेको छ ।
हेर्नुस् कार्यक्रममा खिचिएका केही तस्विरहरु :-
music launch 3
dance

music launch 2

music launch 4

प्रतिक्रिया दिनुहोस्