बक्स अफिस र फिल्मको बर्गीकरण पहिलो प्राथमिकता : राजकुमार राई



रंग खबर,काठमाण्डौ । चलचित्र बिकास बोर्डको अध्यक्षमा नियुक्क्त भएलगतै राजकुमार राईले  नेपाली सिनेमा हलमा बक्स अफिसको स्थापना र  फिल्मको बर्गिकरण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।
rajkumar-raiसोमबार राजधानीको चाबाहिलस्थित बोर्डको कार्यलयमा पदभार तथा स्वागत कार्यक्रममा उनले यस्तो बताएका हुन् । उक्त कार्यक्रमा उनले पाँचबुदे कार्ययोजना नै घोषणा गरे । कार्ययोजनामा भुकम्पबाट प्रभावित चलचित्र क्षेत्रका कलाकार,प्राविधिक तथा चलचित्र पत्रकारको अवस्था बुझेर प्रभावितलाई बोर्डको बजेटको अवस्था हेरेर तत्काल सहयोग गर्ने अध्यक्ष राईले बताए । नेपाली चलचित्रकर्मीबारे अभिलेख तयारी तुरुन्त सुरु गर्ने र आगामी असार मसान्तसम्म राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान प्रदान गरिने पनि बताए ।

कार्यक्रममा उदय सुब्बा,दिनेश डिसी,मनोज केसी,आकाश अधिकारी ,रुपा राना,मेलिना मानन्धर ,अच्युत घिमिरे, दिपाश्री निरौला लगायतले कार्य सफलताको कामना गर्दे शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्