नाटक घर सुरक्षित छ, ढुक्कले नाटक हेर्न आउनुस् : दिलिप रानाभाट



नेपाली रंगक्षेत्रमा उदाउँदै गरेका एक रंगकर्मी हुन्, दिलिप रानाभाट । करिब ४ बर्ष अघिबाट नाटक क्षेत्रमा प्रवेश गरेका उनि कहिले अभिनय त कहिले नेपथ्यबाट अघि बढे । उनि अहिले थिएटर भिलेजसँग आवद्ध छन् । पछिल्लो समय वैशाख ११ गते नाटक सिंहदरबारको टेण्डरबाट निर्देशनमा डेब्यु गरेका उनलाई प्रकृतीले पहिलो गाँसमै ढुङ्गा बनायो । उनका कलाकार पहिलो मञ्चनबाट आएका सुझावलाई लिएर अझ उत्कृष्ट नाटक बनाउने उदेश्यले बैशाख १२ गते दिउसोँ १२ बजे ‘रियलसल’ गर्न भेला भैराखेका थिए । तर दिउसोको १२ बज्नै नपाई आएको महाभुकम्पले नाटक मञ्चन नै स्थगित भयो । बैशाख ११ गतेबाट मञ्चन सुरु भएको उक्त नाटकको एक शो  मात्र हुन पायो । अहिले मानिसहरु बिस्तारै सामान्य जीवनतर्फ फर्किन थालिसकेका छन् । भूकम्पका कारण राजधानीका सबै नाटकघरहरु प्रभावित भएका छन् । तीमध्ये एक थिएटर भिलेजमा भने  नाटक ‘सिंहदरबारको टेण्डर’ जेठ २९ गते  शुक्रवारदेखि मञ्चन हुदैँछ । यही सन्दर्भमा रंग खबरका लागि प्रकाश दाहालले युवा रंगकर्मी रानाभाटसंग गरेको कुराकानी :-
10669326_834110896648517_2235295175002986960_o

फिल्महलहरुमा दर्शक आएनन् भन्ने समाचार आइरहेको बेला नाटक मञ्चन गर्नु हुँदैछ,  दर्शक आउलान् र ?
अब दर्शक सामान्य जीवनतर्फ फर्कदैछन् । मनोरञ्जन खोजिरहेका छन् । त्यहीभएर दर्शक आउछन् भन्ने मेरो विश्वास हो ।  र, धेरैजसो नाटकघर फिल्म हलजस्तो अग्ला घर र शपिङ मलमाछैनन् । त्यसैले नाटकघरमा दर्शकले असुरक्षित नठान्लान् भन्ने मेरो बुझाई हो । किनभने हामीकँहा नाटकघर बाँसको र एक तलाको मात्र छ ।

‘सिंहदरबारको टेण्डर’ कस्तो परिवेशको नाटक हो  ?
हाम्रै समाजमा हुने विकृती, बिसङ्गती ,भष्ट्रचार र काम नगर्ने प्रवृती नाटकको परिवेश हो । यिनै कुराहरुलाई व्यङ्गात्मक ढङ्गले नाटकमा प्रस्तुत गरिएको छ ।

नाटकमा भोला सापकोटा लगायतले अभिनय गर्नुभएको छ, सिनियर कलाकारसँग काम गर्दा गाह्रो भएन ?
भएन । वहाँहरुको सहयोगी व्यवहार र नाटकप्रतिको लगावले गर्दा अझ सहज महसुस भयो ।

करियरको शुरुवातमै नाटकको मञ्चन प्रभावित हुँदा तपाईको लागि त पहिलो गाँसमै ढुङ्गा पाएजस्तै भयो है ? 
करियरको सुरुवातमै ढुङ्गा लागेको भन्दा पनि मेरो निर्देशन पक्षको मात्र सुरुवात भएको हो । करियर त यस अघिनै सुरु भइसकेको हो  । फेरी यो विपत्ती त मलाई मात्र घटेको होइन, सिंगो देशले नै व्योहोरेको हो । मेरो नाटक भन्दा पनि जसले परिवार गुमाए , घर भत्कियो, देशको एतिहासिक संरचनाहरु भत्किए त्यो खबरले म  बढी दुःखित छु । र पनि, आफ्नो मिहेनतले गरेको काम रोकिदा अलिअलि चिन्ता त लाग्दो रहेछ । तर, म कति पनि विचलित भएको छैन् ।
singhadurbar-ko-tendar8 (1)

भर्खरै स्विडेन र डेनमार्कमा भएको “प्रोस्पेरो र्वकशप अफ राइटर्स एण्ड प्रोड्युसर फर यङ अडियन्स” मा नेपालको तर्फबाट प्रतिनिधित्व गरेर जानुभएको थियो । त्यहाँ तपाईको सहभागिता कस्तो रह्यो ? 
त्यहाँ म एक निर्माताका रुपमा पुगेको थिए । नेपालबाट हामी दुइजना निर्माता र दुइजना राइटरको रुपमा सहभागी थियौँ । त्यहीँ कार्यशालाको दौरानमा दुईजना लेखकले लेख्नुभएको  कथामा हामी प्रोड्युसरले नाटक निर्माणको ठोस योजना तयार गर्यो र अन्तिम दिन त्यसलाई अन्तराष्ट्रिय स्तरमै ख्यातीप्राप्त रंङ्गकमीहरु माझ प्रस्तुत गर्यौँ ।  र, यसले राम्रा नेपाली नाटकलाई अन्तराष्ट्रिय स्तरमा जान सक्ने सम्भावना अझ अढाएको छ ।

अन्त्यमा, केही भन्नुहुन्छ कि ? 
नाटक हेर्न आइदिनुस र यसमा भएका कमि कमजोरी औलाएर हामीलाई भविष्यमा अझै राम्रा नाटक गर्ने हौसला दिनुस् । फेरी पनि भन्न चाहन्छु, ‘नाटक घर सुरक्षित छ, ढुक्कले नाटक हेर्न आउनुस् । ‘

प्रतिक्रिया दिनुहोस्