डार्क कमेडी अधकट्टीलाई ‘यू’ |सबै उमेरकाले हेर्न पाउने



adhakatiiरंग खबर, काठमाण्डौं । आउँदो असार १ गते भूकम्प प्रभावितको सहयोगार्थ च्यारेटी गर्न लागिएको फिल्म ‘अधकट्टी’ को सेन्सर पास भएको छ  । डार्क कमेडी फिल्मलाई सेन्सरले युनिभर्सल प्रमाण पत्र दिएर पास गरेको हो ।

सेन्सर वोर्डबाट युनिभर्सल प्रमाण पत्र प्राप्त फिल्म ‘अधकट्टी’ लाई हरेक उमेर समुहका दर्शकले हेर्न सक्नेछन् । सञ्चारकर्मी सुव्रत आचार्य निर्देशित फिल्म ‘अधकट्टी’ लाई प्रदीप कुमार उदयले निर्माण हुन् । फिल्ममा विल्सन विक्रम राई, गौरव पहारी, रिस्ता बस्नेत, अशिष्मा नकर्मी, प्रदिप बाँस्तोलाको मुख्य भूमिका रहेको छ भने नायिका नम्रता श्रेष्ठ र नायक गजित विष्टको अतिथि भूमिका छ ।

भूकम्पका कारण लक्षित प्रदर्शन मिति पोस्टपोन्ड हुन पुगेको ‘अधकट्टी’ को असार १ पछि मोफसलका विभिन्न शहरमा पनि च्यारेटी शो हुँदैछ । च्यारेटीका लागि हाल फिल्मको टिकेट धमाधम बिक्रि भैइरहेको छ । टिकट बिक्रिमा निर्माता, निर्देशक देखि कलाकार सम्म खटिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्