सुर संवाद | संगीत सरस्वती हो : चिरञ्जीवी भण्डारी



chiranjiviचिरञ्जीवी भण्डारी,
गायक

गाउने रहर कसरी पलायो ?

स्कुल पढ्दादेखि नै गाउँथेँ । गीतकार शंकर कँडेलले ‘तिमी राम्रो गाउँछौ, गाउन नछोड्नू’ भन्नुहुन्थ्यो । उहाँको प्रेरणाले मलाई दृढ बनायो ।

आफूलाई कस्तो गायक भन्न रुचाउनुहुन्छ ?
एउटा कुशल गायक, जो यही क्षेत्रमा भविष्य खाजिरहेको छ । ‘स्टेजमा धमाका पिट्ने’ गायकका रूपमा चिनिन चाहन्छु ।

कस्तो गीत गाउन मन पर्छ ?
म खासगरी रोमान्टिक गाउन मन पराउँछु । सेन्टिमेन्टल कमै गाउँछु । मेरो पहिलो एल्बम ‘मायापिरती’ मा लोक–आधुनिक र रोमान्टिक गीत छन् ।

संगीत सिक्नुभएको छ ?
यो क्षेत्रमा लाग्न घरबाट सपोर्ट थिएन । त्यसैले प्लस टू पढ्दादेखि नै आत्मनिर्भर हुन थालेको हुँ । बुटवलको संगीत इन्स्टिच्युटमा तीन वर्ष संगीत सिकेको छु ।

अहिले केमा व्यस्त हुनुहुन्छ ?
गीतकार शंकर कँडेलको एल्बम ‘सान्नानी’ को चार गीतमा संगीत र दुई गीतमा स्वर मेरै रहेको छ । त्यही एल्बमको तयारी भइरहेको छ ।

संगीत भनेको के रहेछ ?
संगीत भनेको साधना हो । यसमा निरन्तर लाग्नुपर्छ । आफूलाई जे कुरामा आनन्द आउँछ, त्यो गर्नुपर्छ भन्छन् । म संगीतमा सन्तुष्टि पाउँछु । मेरा लागि संगीत ‘सरस्वती’ हो ।
chiranjivi bhandariनयाँ गायकलाई कत्तिको गाह्रो हुँदो रहेछ ?
धेरै गाह्रो हुन्छ । ठूलठूला गायक र संगीतकारले सधैँ नयाँ गायकलाई दबाउन खोज्छन् । प्रतिभा भएका मान्छे पनि यहाँ पछाडि छन् । नयाँ प्रतिभालाई सपोर्ट गर्ने संगीतकारको खाँचो छ । नातावाद, कृपावाद बढी चल्छ यहाँ ।
साभार: शुक्रवार साप्ताहिक

प्रतिक्रिया दिनुहोस्