ट्रेलरमै चोरी : साउथ इन्डियन फिल्मको ट्रेलरसंग ‘भैरव’ को संवाद मिल्दोजुल्दो (भिडियो)



चार वर्षपछि फिल्म क्षेत्रमा फर्किएका अभिनेता निखिल उप्रेतीको आफ्नै निर्माण र निर्देशनमा बनेको फिल्म ‘भैरव’ को ट्रेलर सार्वजनिक भयो । धेरैले यो ट्रेलरमा रहेको दमदार एक्सनको प्रशंसा गरिरहेका छन् । तर, यो फिल्मको ट्रेलर दक्षिण भारतीय फिल्म ‘टेम्पर’ बाट प्रभावित छ । ‘भैरव’ को ट्रेलरको संवाद ‘टेम्पर’ को ट्रेलरसँग मिल्दोजुल्दो छ ।
bairavनिखिलले बोल्ने संवाददेखि अभिनयको शैलीसम्म ‘टेम्पर’बाट कपी गरेको प्रस्ट देखिन्छ । ट्रेलरमा बोलिने ‘इन्सपेक्टर अफ पोलिस’, ‘डिपार्टमेन्टको हेडेक’, ‘फुल्ली भाइलेन्ट’, ‘क्रिमिनल माइन्डेड, हन्ड्रेड पर्सेन्ट मेन्टल’ लगायत संवाद ‘टेम्पर’ को ट्रेलरमै समावेश छ ।

ट्रेलर नै ‘क्रिएटिभ’ नदेखिएपछि फिल्म कस्तो होला ? फिल्मनगरीमा गाइँगुइँ चल्न थालेको छ । यो फिल्ममा अभिनेत्री अनु शाह निखिलकी जोडी हुन् । तर, उनलाई ट्रेलरमा चिन्न मुस्किल पर्छ । निखिल नै ट्रेलरमा हाबी छन् । (साभार : शुक्रवार साप्ताहिक)

हेर्नुस् भैरवको ट्रेलर :

हेर्नुस् ‘टेम्पर’ ट्रेलर :

प्रतिक्रिया दिनुहोस्