आयो ‘होस्टेल रिटर्न्स’ को दोश्रो ट्रेलर (हेर्नुस भिडियो)



रंग खबर, काठमाण्डौं । आगामी भदौ ४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘होस्टेल रिटर्न्स’ को दोश्रो ट्रेलर सार्वजनिक भएको छ । एक मिनेट ५८ सेकेण्ड लामो  ट्रेलरमा फिल्मभित्र रहेको माया, प्रेम, मित्रता, झगडा र कमेडी सबैलाई समेटिएको छ । ट्रेलरभित्रको विविधता हेर्दा दर्शकले रुचाउने विश्वास राखिएको छ ।
hostel returns picइन्जिनियरिङका विद्यार्थीहरुको होस्टेल जीवनमा आधारित यो फिल्मलाई सुरज भुषालले निर्देशन गरेका हुन् । फिल्ममा शुसिल श्रेष्ठ, शशी श्रेष्ठ, अभय बराल, नाजिर हुसेन, अभय बराल, दिया मास्के, निर्मल शर्मा, सुनिल रावल लगायतले अभिनय गरेका छन् । सुपरहिट फिल्म ‘होस्टेल’ को सिक्वेल रहेको यो फिल्मलाई सुनिल रावलले निर्माण गरेका हुन् । उनले निर्माण गरेको पहिलो फिल्म ‘सायद’ पनि व्यवसायिक रुपमा सफल भएको थियो । प्रचारप्रसार, ट्रेलर, गीत र सफल ब्यानरका कारण ‘होस्टेल रिटर्न्स’ पनि दर्शकमाझ प्रतिक्षित छ ।
Watch Trailer Here :-

प्रतिक्रिया दिनुहोस्