‘होस्टेल रिटर्न्स’ को प्रमोशनमा अनमोल केसीले साथ दिने



रंग खबर,  काठमाण्डौँ। सु्परहिट फिल्म ‘होस्टेल’ का अभिनेता अनमोल केसी अब ‘होस्टेल रिटर्न्स’ संग जोडिने भएका छन् । ‘होस्टेल’ को सिक्वेल रहेको यो फिल्ममा उनको अभिनय नरहेतापनि यसको प्रमोशनमा उनले साथ दिने भएका हुन् ।
hostel returns and anmolबिहिबार फिल्मका निर्माता सुनिल रावललाई शुभकामना दिन अनमोल राजधानीको बत्तीसपुतलीस्थित निर्माण कम्पनी दुर्गिश फिल्मस्को कार्यलयमा पुगेको थिए । फिल्मको सफलताको कामना गर्दै उनले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको निर्माता रावलले बताए । ‘मैले मेरो तर्फबाट सक्दो सहयोग गर्छु । प्रमोशनमा साथ दिन्छु’, अनमोलको भनाई उद्धत गर्दै निर्माता रावलले रंगखबरलाई बताए ।

स्मरणरहोस्, भूवन केसीका छोरा अनमोललाई निर्माता रावलले नै नेपाली रजतपटमा डेब्यु गराएका हुन् । पछिल्लो समय यूवापुस्तामाझ अनमोल लोकप्रिय छन् । ठुलो प्रचारप्रसारसहित अघि बढेको ‘होस्टेल रिटर्न्स’ संग अनमोलपनि जोडिनेभएपछि दर्शकले यसलाई विशेष महत्वका साथ पर्खिने निर्माण पक्ष आशावादी छन् । सुरज भुषालले निर्देशन गरेको यो फिल्म आगामी भदौ ४ गतेबाट सार्वजनिक प्रर्दशनमा आउँदैछ । अनमोलले निर्माता रावलसंगै ‘होस्टेल रिटर्न्स’  का अभिनेता सुशील श्रेष्ठसहित अन्य कलाकारलाई पनि शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्