विश्वकै कान्छो निर्देशकको ‘लभ यू बाबा’ जापानको फिल्म फेस्टिभलमा



रंग खबर, काठमाण्डौं । विश्वकै सबैभन्दा कान्छो फिचर फिल्म निर्देशकका रुपमा गिनिज बुकमा नाम लेखाएका ९ वर्षिया सौगात विष्टको फिल्म ‘लभ यू बाबा’ जापानमा हुने शिन–अकुबो फिल्म फेस्टिभलमा देखाइने भएको छ । आगामी अगस्ट १५ देखी २२ तारिखसम्म टोकियो, शिंजुकूको शिन–अकुबो भन्ने ठाँउमा उक्त फस्टिभल आयोजना हुँदैछ ।
saugat bista

फेस्टीभलमा सौगात आफ्नी आमासहित जापान जाने बताइएको छ । फेस्टिभलमा दक्षिण कोरिया, जापान, चीन, सिगांपुर, थाइल्यान्ड तथा बेलजियमका १७ फिल्म देखाइने छ । फेस्टिभलमा कोरियन फिल्मको सहभागिता धेरै छ । फेस्टिभल आयोजकले फिल्म प्रदर्शन–तालिका सार्वजनिक गरिसकेको छ जस अनुसार ‘लभ यू बाबा’ १६ र २० तारिखमा त्यहाँको स्थानिय समय अनुसार क्रमशः १ः३० बजे र ५ बजे देखाइनेछ ।

फेस्टिभलका लागि फिल्ममा जापानिज सब–टाइटल राखिएको जानकारी सौगातका बुबा एवम फिल्मका मुख्य अभिनेता गजित विष्टले जानकारी दिए । फिल्म निर्देशक सौगातले टोकियोमा बस्ने नेपालीहरुलाई ‘लभ यू बाबा’ हेर्न अनुरोध समेत गरेका छन् ।

फेस्टिभलमा ‘लभ यू बाबा’ संगै नेपालमा राम्रो तारिफ एवम् अवार्ड बटुलेको भोजराज भाट निर्देशित डकुमेन्ट्री फिल्म ’सुनाकली’ पनि सहभागी हुँदैछ । ’सुनाकली’लाई १७ र १८ तारिखमा ४ र २ बजे देखाइने बताइएको छ ।
Watch Video Here :-

प्रतिक्रिया दिनुहोस्