श्वेता खड्काको कसम : बाँचुन्जेल अर्को बिहे गर्दिनँ



रंग खबर, काठमाण्डौं । स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठकी पत्नी स्वेता खड्काले बाचुन्जेल अर्को बिहे नगर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

sweta khadkaश्रीकृष्णको पहिलो वार्षिकीको अवसरमा सार्वजनिक गरिएको ‘अमर नायकको सम्झनामा’ नामक पुस्तकमार्फत उनले श्रीकै सिन्दूरको लाज भएर बाँचुन्जेल बस्ने धारणा राखेकी हुन् । ‘उहाँले जाने बेलामा रोएर अस्पतालमा मीनकृष्ण दाइलाई मलाई बहिनी बनाएर राख्नु भन्दा मैले प्रतिवाद गरेकी थिएँ । म किन बहिनी भएर बस्ने ? म हजुरकै श्रीमती भएर जीवनभर बस्ने छु भनेर रोएकी थिएँ’, पुस्तकको पेज न. ४८ मा उनले सम्झिएकी छिन्, ‘त्यो बेलामा उहाँ पनि रुनुभएको थियो । यसले गर्दा अब श्वेताले फेरि विवाह गर्छे यहा गर्दिन भन्ने धेरैमा खुल्दुली लागिरहेको हुनुपर्दछ ।’

‘म सबैलाई स्पष्ट गर्न चाहन्छु, म मेरो श्री हजुरको बाहेक अरु कसैकी हुन सक्तिनँ । बाँचुन्जेल मैले अर्को बिहे गर्दिनँ । यो मेरो कसम हो । श्री हजुरप्रतिको मेरो समर्पण र सच्चा श्रद्धान्जली पनि यही नै हुने छ भन्ने मैले ठानेकी छु ’, उनले अगाडी भनेकी छिन् । पुस्तकमा उनले बिहे भएको तेश्रो दिनपछिको सबै वास्तविकता प्रस्तुत गरेकी छिन् ।
sweta finalप्रेमलाल श्रेष्ठ, श्याम स्मृत र श्वेता खड्काले लेखेको यो पुस्तकलाई स्वर्गिय अभिनेता श्रेष्ठको वार्षिकीको अवसरमा आयोजित कार्यक्रममा श्रीकी आमा जगतकुमारी श्रेष्ठले लोर्कापण गरेकी थिइन् । उनलाई सुचना तथा संचार मन्त्री मिनेन्द्र रिजालले साथ दिएका थिए ।

गत वर्षको साउन २४ गते राति भारतको नयाँ दिल्लीस्थित गङ्गाराम अस्पतालमा अभिनेता श्रेष्ठको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्