‘लभसब्’का लागि सलोन र करिश्मा पोखरामा



रंग खबर, काठमाण्डौं । नेपाली फिल्मका कलाकारविच प्रेमको चर्चा हुनु कुनै नौलो कुरा होइन् । यस्तै चर्चा अभिनेता सलोन बस्नेत र करिश्मा श्रेष्ठको विषयमा पनि भइरहेको थियो । यो विषयमा सलोनले मुख खोलेको छन् ।
salon karishmaआउँदो भदौ २५ गतेबाट प्रर्दशनको तयारीमा रहेको फिल्म ‘लभसब्’ को प्रमोशनका लागि करिश्मासँगै पोखरा पुगेका सलोनले शुक्रवार आयोजित प्रेसमिटमा आफुहरु बिचको सम्बन्ध प्रेमीप्रमीकाको नभएर साथीको मात्र भएको बताएका हुन् ।  ‘हामी एकअर्का एकदम मिल्ने साथी मात्र हौ’, उनले भने । सोही कार्यक्रममा करिश्माले पनि आफुहरु अहिलेसम्म साथीमात्र भएको बताइन् ।

‘‘लभसब्’ युवा केन्द्रित फिल्म हो’ फिल्मका विषयमा सलोनले भने, ‘चोक–चोकमा युवाहरु जसरी आफ्नो दिनहरु बिताइरहेका छन् त्यसैको परिवेशलाई दर्शकले पर्दामा देख्न सक्नुहुनेछ । फिल्मलाई दर्शकले मनपराउनुहुनेछ भन्ने मेरो अपेक्षा छ । ’ देब कुमार श्रेष्ठले निर्देशन गरेको यो फिल्मलाई सुशिल पोखरेल र नरेन्द्र महर्जनले सँयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्