‘कोहिनुर’ को चर्चित गीत ‘के म तिम्रो होइन र’को नाममा फिल्म



रंग खबर, काठमाण्डौं । अभिनेता श्रीकृष्ण श्रेष्ठको सुपरहिट फिल्म ‘कोहिनुर’ को चर्चित गीत ‘के म तिम्रो होइन र’ नाममा फिल्म बन्ने भएको छ । ‘कोहिनुर’ निर्देशक आकाश अधिकारीले यो नाममा फिल्म बनाउने भएका हुन् । फिल्मको सोमबारबाट छायांकन शुरु भएको छ । काठमाण्डौको कलंकस्थित सिटी सेन्टर अस्पतालमा फिल्मकर्मी र पत्रकारको उपस्थितीमा शुभसाइत गर्दै यसको छायांकन प्रारम्भ गरिएको हो । फिल्मको छायांकन ४० दिनसम्म चल्नेछ ।

यसअघि १३ वटा फिल्म निर्देशन गरिसकेका निर्देशक आकाश अधिकारीको यो १४ आंै फिल्म हो । फिल्मलाई अधिकारी ब्रदर्सको ब्यानरमा द स्काई मुभिजले सहकार्य गर्दै निर्माण गर्न लागिएको छ । सुरेश अधिकारीले यो फिल्ममा लगानी गरेका छन् । फिल्मको शुभसाइत समारोहमा यसका मुख्य कलाकार आर्यन अधिकारी, मरिष्का पोख्रेल र गौरी मल्ले संवाद बोलेका थिए । फिल्ममा मिथिला शर्मा, आकाश खवास, प्रज्वल गिरी, सविना गोपाली, सुरेन्द्र बसेल, रमेश अधिकारी, रीया श्रेष्ठ, विनोद केसीको पनि अभिनय छ ।  फिल्ममा दिनेश वान्तवाको मुख्य सहायक छायांकन, हिमाल केसीको द्वन्द्व, रेनशा वान्तवा राईको नृत्य निर्देशन, दिनेश लामाको कला निर्देशन र इश्वर श्रेष्ठकोे मेकअप रहनेछ ।
k ma timro haina ra 2

फिल्ममा बसन्त सापकोटा र ताराप्रकाश लिम्बुको संगीत, आकाश अधिकारी, डाक्टर कृष्णहरी बराल र सुन्दर श्रेष्ठको गीत, उदित नारायण झा, राजेशपायल राई, अञ्जु पन्त, प्रमोद खरेल, मिलन अमात्य, प्रल्हाद तिमिल्सिना र दुर्गा दाहालको आवाज रहेको छ ।

पूर्व राज्य मन्त्री देवेन्द्रराज कँडेलले फिल्मलाई शुभकामना दिए । उनले यो फिल्म नेपाली फिल्म क्षेत्रका लागि नयाँ इतिहास बनाउन सफल हुनेमा विश्वास व्यक्त गरे । शुभसाइत समारोहको निर्देशक नृत्य निर्देशक बसन्त कुमार श्रेष्ठले गरेका थिए भने अभिनेता शिव श्रेष्ठले नरिवल फोडेका थिए । यस्तै, वितरक प्रदिप कुमार उदयले क्यामेराको स्विच अन गरेको शुभसाइत समारोहमा प्रमुख अतिथी देवेन्द्रराज कँडेलले क्ल्याप हानेका थिए ।
K MA TIMRO HOINA RAफिल्म के म तिम्रो होइन रलाई प्रेमकथामा निर्माण गरिनेछ । फिल्मका मुख्य कलाकार आर्यन र मरिष्काको प्रेम कथालाई रोचक ढंगले फिल्ममा देखाइने निर्देशक आकाश अधिकारीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्