आर्यन र नम्रता अभिनित ‘होक्से’ ट्रेलर सार्वजनिक | मृगौला बेचविखन हुने गाउँको कथा



रंग खबर, काठमाण्डौं । अमेरिकामा रहेर नेपाली फिल्ममा लगानी गर्दै आएका निर्माता क्रिश रिजालले निर्माण गरेको लघु फिल्म ‘होक्से : अ हिडन हेडलाईन’ को ट्रेलर सार्वजनिक भएको छ ।
hokseचर्चित म्यूजिक भिडियो निर्देशक प्रसन्न पौडेलको निर्देशनमा बनेको यो फिल्ममा आर्यन सिग्देल, नम्रता श्रेष्ठ र प्रेम बानिँया प्रमुख भुमिकामा छन् । ट्रेलरमा आर्यन र नम्रतालाई देखाइएको छ । यो फिल्ममा काभ्रे जिल्लाको होक्से गाउँको सत्य घटना समावेश गरिएको छ । विभिन्न बाध्यता र ठगीका कारण मृगौला बेचविखन हुने यो गाउँको कथा फिल्ममा उतार्ने प्रयास गरिएको निर्माता रिजालले बताए ।

फिल्मलाई विदुर पाण्डेले खिचेका हुन् भने प्रकाश तुलाधारले सम्पादन गरेका हुन् । भिएफएक्स टेकेन्द्र शाहको रहेको छ भने स्क्रिप्ट विम्ब अधिकारीको हो ।

हेर्नुस् ट्रेलर :-

प्रतिक्रिया दिनुहोस्