उपत्यकाबाट मात्र ‘वडा नम्बर ६’को दुई दिने कमाई एक करोड !



रंग खबर, काठमाण्डौं । फिल्म वितरक गोपाल कायस्थको भनाईलाई आधार मान्ने हो भने शुक्रबारबाट सार्वजनिक प्रर्दशनमा आएको फिल्म ‘वडा नम्बर ६’ ले शनिवार साँझ सम्म करोड क्लबमा प्रवेश गरिसकेको छ । यो फिल्म मोफसलमा प्रर्दशन हुन बाँकी छ ।

राजधानीका २४ वटा पर्दाहरुबाट प्रर्दशनमा आएको ‘वडा नम्बर ६’ ले शनिवार ३१ वटा पर्दा पाएको थियो । शुक्रबार मात्रै २७ लाख ३५ हजारको ग्रस कलेक्सन गरेको यो फिल्मले शनिवार साँझ सम्म मोटा–मोटी एक करोडको ग्रश कलेक्सन गरेको वितरक कायस्थले दाबी गरे ।
wada number chaफिल्मले गोपी कृष्ण मुभिजमा पनि नयाँ इतिहास रचेको छ । अहिलेसम्म कहिल्यै पनि गोपीकृष्ण मुभिजका दुई ठुला हलहरु गोपी र कृष्णमा एकैपटक एउटै नेपाली फिल्म लागेको रेकर्ड छैन । तर, पहिलो पटक दुबै ठुला हलहरुमा हिन्दी फिल्मलाई हटाएर ‘वडा नम्बर ६’ प्रर्दशन गरिएको छ ।

‘खुशीको कुरा त के छ भने दुबै हलहरु हाउसफुल छन् । सिंगो नेपाली फिल्म क्षेत्रका लागि यो निकै सकारात्मक संकेत हो’, गोपीकृष्ण मुभिजका प्रबन्धक प्रदिप दाहालले भने, ‘यति धेरै मान्छे फिल्म हेर्न एकैपटक आएको मैले अहिलेसम्म देखेको छैन् । जे होस् फिल्मले हाम्रो हलमा नयाँ इतिहास कायम गरेको छ ।’
wada number chhaउज्जवल घिमिरे निर्देशित ‘वडा नम्बर ६’ मा दिपकराज गिरी , दयाहाङ राई, दिपाश्री निरौला, प्रियंका कार्की, जितु नेपाल, सिताराम कट्टेल, केदार घिमिरे, निर शाह, राजाराम पौडेल आदी कलाकारले अभिनय गरेका छन् ।
Watch Video Here :

प्रतिक्रिया दिनुहोस्