माधव र लालबाबुले सँगै बसेर हेरे ‘चंखे शंखे पंखे’ (फोटोफिचर)



रंग खबर, काठमाण्डौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले शुक्रवार (भोली) बाट देशव्यापी प्रर्दशनमा आउने फिल्म ‘चंखे शंखे पंखे’ हेरेका छन् ।

बुधवार साँझ कमलपोखरीस्थित बिग मुभिजमा आयोजित प्रिमियर सोमा उनीहरुले फिल्म हेरेका हुन् । फिल्म हेरिसकेपछि लालबाबुले क्लाइमेक्स छोटो लागेको तर आफुले ‘इन्जोय’ गरेको प्रतिक्रिया दिए । उनले भने, ‘मेरो स्वभाव जस्तै रहेछ हिरोहरुको स्वभाव त्यसैले यस्तो प्रकारको फिल्म अरु बन्नु पर्छ अनि मात्र राष्ट्रको परिवर्तन हुन्छ ।’
lalbabu and madhavफिल्म उद्योगमा भित्रिएका नयाँ निर्माता सन्तोष सेनको लगानीमा बनेको यो फिल्मको बजेट एक करोड ७० लाख भनिएको छ । जसकारण यो फिल्मले आफ्नो लगानी उठाउँन न्यूनतम ३ करोड ५० लाखको ग्रस कलेक्सन गर्नुपर्ने हुन्छ । सुर्दशन थापाको निर्देशनमा बनेको यो फिल्मको पहिलो भाग कमेडी र दोश्रो भागमा आधुनिक राष्ट्रियताको बिषय उठान गरिएको छ ।

फिल्मको प्रिमियर शो हेर्न एमाओवादी नेता अग्नी सापकोटा पनि उपस्थित थिए । बुझिए अनुसार उनी हिरोइन पूजा शर्माको मामा पर्दछन् । ‘नेताको हैसियतले भन्दा पनि मामाको हैसियतले अग्नीजी फिल्म हेर्न आउनुभएको हो’, श्रोतले भन्यो ।
madhav and lalbabuप्रिमियर समारोहमा महिना दिन अघि चंखे यूनिटले घोषणा गरेको राष्ट्रभक्ति फोटो प्रतियोगिताका तीन बिजेता अञ्जली खड्गी, अस्मिता गैरे , उपकार भण्डारीलाई क्रमश २५ हजार र १५ हजार र १० हजार नगद सहित पुरस्कृत गरिएको थियो ।

यो फिल्ममा निर्देशक सुर्दशनसहित हिरोइन पूजा शर्मा , सुवास थापा, प्रेम पुरी, प्रमोद अग्रहरी र नन्दिता केसी प्रमुख भुमिकामा छन् ।
chankhey unit

प्रतिक्रिया दिनुहोस्