यस्तो छ ‘तेश्रो इनास अवार्ड’को मनोनयन| सर्वाधिक ६ विधामा ‘कबड्डी’ (फोटोफिचर)



रंग खबर, काठमाण्डौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास)ले गर्न लागेको ‘तेस्रो ईनास अवार्ड २०१४’को मनोनयन सार्वजनिक गरिएको छ । सन् २०१२ मा युरोपको जर्मनी र सन् २०१३ मा युरोपकै नेदरल्याण्डमा अवार्ड सम्पन्न गरिसकेको ईनासले यही असोज २५ गते राजधानीमा यो अवार्ड कार्यक्रम गर्दैछ ।
inas awardयस अवार्डमा चलचित्र ‘कबड्डी’ सर्वाधिक ६ विधामा मनोनयनमा परेको छ । ‘उत्कृष्ट आलेख’ विधामा रामबाबु गुरुङ÷उपेन्द्र सुब्बा, ‘उत्कृष्ट सम्पादन’ मा निमेश श्रेष्ठ, ‘उत्कृष्ट छाँयाकार’ विधामा पुरुषोत्तम प्रधान, ‘उत्कृष्ट अभिनेता’ विधामा दयाहाङ राई, ‘उत्कृष्ट निर्देशक’ विधामा रामबाबु गुरुङ र ‘उत्कृष्ट चलचित्र’ विधामा ब्ल्याकहर्स पिक्चर्स प्रा. लि परेको छ ।

यस्तै फिल्म ‘नाइ नभन्नु ल २’का लागि अनुभव रेग्मी ‘उत्कृष्ट बाल कलाकार’, प्रेम परियार ‘उत्कृष्ट गायक’, डा.कृष्णहरि बराल ‘उत्कृष्ट गीतकार’, बसन्त सापकोटा ‘उत्कृष्ट संगीतकार’ र विकास आचार्य ‘उत्कृष्ट आलेख’ विधाको मनोनयनमा परेका छन् । आज राजधानीमा आयोजना गरिएको कार्यक्रममा मनोनयनमा परेका फिल्मकर्मीलाई सर्टिफिकेट प्रदान गरियो ।
shilpa pokharelअवार्डको ‘उत्कृष्ट बाल कलाकार’ विधामा फिल्म ‘लभ यु बाबा’का लागि संगम विष्ट, ‘श्री ५ अम्बरे’का लागि अमर लामा, ‘उत्कृष्ट द्वन्द्व’ विधामा फिल्म ‘लज्जा’का लागि चन्द्र पन्त, ‘स्टुपिड मन’का लागि अष्ट महर्जन, ‘छ एकान छ’का लागि अष्ट महर्जन, ‘उत्कृष्ट नृत्य निर्देशक’ विधामा ‘कोहिनूर’का लागि बसन्त श्रेष्ठ, ‘टलक जंग भर्सेज टुल्के’का लागि गम्भीर विष्ट, ‘बितेका पल’का लागि शंकर बिसी, ‘उत्कृष्ट गायिका’ विधामा ‘स्टुपिड मन’का लागि अञ्जु पन्त, ‘बितेका पल’का लागि प्रकृति गिरी, ‘नोभेम्बर रेन’का लागि प्रविशा अधिकारी, ‘उत्कृष्ट गायक’ विधामा ‘स्टुपिड मन’का लागि स्वरुपराज आचार्य, ‘बितेका पल’का लागि बाबु बोगटी छन् ।

त्यस्तै ‘उत्कृष्ट गीतकार’ विधामा फिल्म ‘नोभेम्बर रेन’का लागि दिनेश राउत, फिल्म ‘स्टुपिड मन’का लागि अर्जुन पोखरेल, ‘उत्कृष्ट संगीतकार’ विधामा फिल्म ‘कोहिनूर’का लागि शम्भुजित बास्कोटा, ‘स्टुपिड मन’का लागि अर्जुन पोखरेल, ‘उत्कृष्ट आलेख’ विधामा ‘लभ यु बाबा’का लागि गजित-गम्भीर विष्ट, ‘उत्कृष्ट सम्पादन’ विधामा ‘बितेका पल’का लागि विपिन मल्ल, ‘टलकजंग भर्सेज टुल्के’का लागि लोकेश बज्राचार्य छन् ।
aaryan sigdelयसैगरी ‘उत्कृष्ट छाँयाकार’ विधामा ‘जेरी’का लागि शैलेन्द्र डी कार्की, ‘स्टुपिड मन’का लागि सञ्जय लामा, ‘उत्कृष्ट अभिनेत्री’ विधामा ‘बितेका पल’का लागि केकी अधिकारी, ‘नोभेम्बर रेन’का लागि नम्रता श्रेष्ठ, ‘लज्जा’का लागि शिल्पा पोखरेल, ‘उत्कृष्ट अभिनेता’ विधामा ‘जेरी’का लागि अनमोल केसी, ‘नोभेम्बर रेन’का लागि आर्यन सिग्देल, ‘उत्कृष्ट निर्देशक’ विधामा ‘टलकजंग भर्सेज टुल्के’का लागि निश्चल बस्नेत, ‘नोभेम्बर रेन’का लागि दिनेश राउत तथा ‘उत्कृष्ट चलचित्र’ विधामा ‘टलकजंग भर्सेज टुल्के’का लागि ब्ल्याकहर्स पिक्चर्स र ‘नोभेम्बर रेन’का लागि सुभाष इन्टरटेनमेन्ट र आर्यन सिग्देल इन्टरटेनमेन्ट छन् ।
rajesh ghatani‘उत्कृष्ट नृत्य निर्देशक’ विधामा परेका शंकर बिसी र ‘उत्कृष्ट गायक’को विधामा परेका बाबु बोगटीले आफुहरु अवार्ड आयोजक भएकाले मनोनयन फिर्ता लिने घोषणा गरे । सन् २०१४ मा रिलिज भएका ७४ वटा फिल्म मध्ये जुरीको निर्णयका आधारमा १४ वटा फिल्म छनौंट भएको हो । जुरीमा लक्ष्मीनाथ शर्मा, शान्तिप्रिय, सुरेश अधिकारी, सरिता लामिछाने र प्रकाश सुवेदी छन् ।

rambabu gurung kabaddi
rajesh ghatani final
gajit bista
dinesh raut
chandra panta
bipin subba
anuvab regmi
arjun pokharel
baboo bogati
basanta Sapkota

प्रतिक्रिया दिनुहोस्