‘सुश्री’मा आर्यनलाई मण्डपबाटै भगाइन् आशिकाले (भिडियो)



रंग खबर, काठमाण्डौं । अभिनेता आर्यन सिग्देल विवाहित हुन् । उनले प्रेमिका सपना भण्डारीलाई बेहुली बनाएर गत डेढ वर्ष पहिला भित्र्याएका थिए । आर्यनले पुनः विवाह गरेका छन्, तर फिल्म ‘सुश्री’ मा ।

यसअघिका अन्य फिल्महरुमा विवाहको दृश्य दिएपनि ‘सुश्री’ मा भने आर्यनको विवाहको अनौठो किसिमको दृश्य देख्न पाइनेछ । विवाह मण्डप बाटै आर्यनलाई भगाइन्छ । बेहुला भगाउने भूमिका नव-नायिका आशिका तामाङले निभाएकी छन् । उसो त फिल्मको सार्वजनिक प्रोमोमा आर्यनको विवाह अर्की नायिका सुरविना कार्की सँग पनि भएको देखाइएको छ ।
aaryan sigdelदुई नायिका मध्ये आर्यन कसको बेहला बन्छन् ? त्यो जान्न भने फिल्म नै हेर्नु पर्नेछ । स्क्रिप्ट राईटर शिवम अधिकारी द्वारा निर्देशित फिल्म फूलपाती, कार्तिक ३ गते देखि प्रदर्शनमा आउँदैछ । फिल्मका निर्माता आत्माराम थापा हुन् ।
फिल्मको ट्रेलर हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस्