यस्तो छ युवापुस्ता लक्षित ‘आधापेज’को ट्रेलर र गीत (भिडियोसहित)



रंग खबर, काठमाण्डौँ । समुन्द्र भट्ट निर्देशित फिल्म ‘आधा पेज’ को पहिलो अफिसियल ट्रेलर र गीत रिलिज भएको छ । बिहिबार राजधानीमा प्रेस मिट गर्दै युवा पुस्ता लक्षित यो फिल्मको प्रचार सामग्री मिडिया सामु ल्याइएको हो । फिल्ममा युवा कलाकार सलोन बस्नेत, रिस्ता बस्नेत र रुपेश न्यौपानेको प्रमुख भूमिका रहेको छ ।

साथमा विपना बस्नेत, दीपक क्षेत्री, सुरज आरडी, सन्तोष ढकाल, सारिका न्यौपाने लगायत कलाकाहरुले पनि फिल्ममा भूमिका निर्वाह गरेका छन् । परी फिल्मस्को प्रस्तुती रहेको फिल्म ‘आधा पेज’ मा लीला बहादुर न्यौपाने र ज्ञान बहादुर न्यौपाने निर्माताको रुपमा रहेका छन् । रुपक न्यौपाने फिल्मका प्रस्तुतकर्ता हुन् भने कथा आकाश बुढाथोकीको रहेको छ । फिल्मको गीतमा शब्द तथा संगीत रमण गायक र प्रस्तुतकर्ता न्यौपानेले तयार गरेका हुन् ।

रामजी लामिछानेले फिल्मको गीतमा कोरियोग्राफी गरेका छन् भने इन्द्रलाल श्रेष्ठले फिल्मलाई खिचेका छन् । बिहिबार आयोजित प्रेस मिटमा कलाकारले फिल्म ‘आधा पेज’ आफु जस्तै युवा पुस्ता लाई लक्षित गरी बनाएको बताए । फिल्म आउँदो पुष १० गते देखि प्रदर्शनमा आउँदैछ । ‘आधा पेज’ को ट्रेलर तथा गीत हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस्